टोकियो/जापान। पश्चिम तथा पूर्व जापानमा २६ तारिखदेखि २७ तारिखसम्मको मौसम अस्थिर हुने अनुमान गरिएको छ । मौसम विज्ञान एजेन्सीका अनुसार, सो अवधीमा तिव्र हावा र भारी वर्षासहित खराब मौसमको सम्भावना रहेको छ।

क्यूशूको उत्तरी भागमा २६ तारिखमा विशेषतः तीव्र हावाबाट सतर्क रहन सल्लाह दिइएको छ, साथै दक्षिणपश्चिम टापुहरूका साथै पश्चिम जापानदेखि पूर्व जापानसम्मको ठूलो क्षेत्रमा चट्याङ्ग,हावाहुरी, र असिना पर्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन आवश्यक रहेको छ।

कागोशिमाको अमामी क्षेत्रमा र पश्चिम जापानमा २६ तारिख बिहानैदोखि र पूर्वी जापानमा बेलुकीतिरबाट वातावरण अत्यन्तै अस्थिर हुने तथा तीव्र हावा र वर्षासहित खराब मौसमको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार