टोकियो/जापान। केहिदिन यता उत्तरी जापानका अधिकांस स्थानहरुमा हिमपात संगै जापानभर अत्याधिक चिसो बढिरहेको छ। यहि क्रममा जापान मौसम विज्ञान एजेन्सीको पूर्वानुमान अनुसार, १५ तारिख पश्चिम जापानको पहाडी क्षेत्रमा पनि हिउँ पर्ने आँकलन गरिएको। खासगरि उच्च पहाडी क्षेत्रहरूमा भारी हिमपात हुने सम्भावना छ, जसले यातायात र जनजीवनमा प्रभाव पार्न सक्नेछ।

मौसम विभागले मानिसहरुलाई सडकमा हिउँ जम्न सक्ने, चिप्लो सतहका कारण सवारीसाधन चलाउन गाह्रो हुन सक्ने, र सार्वजनिक यातायात ढिलो हुन सक्ने जोखिमलाई ध्यानमा राख्न आग्रह गरेको छ।

सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि, सवारी चालकहरूलाई हिउँमा चलाउन मिल्ने टायर प्रयोग गर्न, चेन लगाउन, र आवश्यक सुरक्षा उपकरणहरू साथमा राख्न सुझाव दिइएको छ। साथै, अत्यावश्यक बाहेक यात्रा नगर्न र मौसम तथा यातायातका जानकारी नियमित रूपमा हेर्न पनि भनिएको छ।

सामान्यतया, डिसेम्बरको मध्यतिर जापानका पहाडी क्षेत्रहरूमा हिउँ पर्ने क्रम सुरु हुन्छ, तर यस वर्ष केही स्थानमा अपेक्षा गरेभन्दा चाँडो र धेरै हिउँ परेको देखिएको छ।यात्रा गर्नेहरू र स्थानिय बासिन्दाहरूलाई आफ्नो सुरक्षा प्राथमिकता दिन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार