टोकियो/जापान। जापानको मौसम विभागले २४ तारिख सम्म जापानको समुद्री तटीय क्षेत्रमा ठूलो हिउँ पर्ने, तीव्र हावाहुरी चल्ने, र खराब मौसमका कारण यातायातमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।
विशेष गरी होक्काइदो, तोहोकु, र जापान सागरको तटीय क्षेत्रमा भारी हिमपात हुने सम्भावना छ। यसले गर्दा सडक, रेल, र हवाई यातायातमा अवरोध आउनसक्ने अनुमान गरिएको छ। साथै, हावाको तीव्र गतिका कारण झरी र हिमपातसँगै बिजुली कटौती र अन्य आपतकालीन अवस्थाहरु सिर्जना हुनसक्छ।
मौसमविद्हरूले स्थानीयबासीहरूलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न, र मौसम सम्बन्धी जानकारीलाई निरन्तर अपडेट गर्न सल्लाह दिएका छन्। हिमपहिरो र चिसो हावाको प्रभावले घरबाहिरको गतिविधिहरुमा पनि असर पर्नेछ।
केहिदिनदेखि जारी हिमपातले तोहोकु,निगाता,कान्तो कोसिन,होक्काईदो,होकुरिकु तथा च्युगोकु क्षेत्रमा असर पुर्याएको बताइएको छ। २२ तारिखदेखि जापानको नागानो,गुन्मा,फुकुसिमा तथा आओमोरी लगायतका प्रिफेक्चरमा प्रभाव देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




