टोकियो/जापान। जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार, सन २०२४ मा जापानभरिका सवारी दुर्घटनामा २,६६३ जनाले ज्यान गुमाएका छन्। जुन त्यस अघिको वर्षको तुलनामा १५ जनाले (०.६%) घटेको हो। यो सन १९४८ मा तथ्याङ्क संकलन सुरु भएदेखि तेस्रो कम मृत्यु दर हो।
अघिल्लो वर्ष दुर्घटनाको संख्या २,९०,७९२ थियो, जुन १७,१३८ ले घटेको हो भने, घाइतेको संख्या ३,४३,७५६ रहेको थियो, जुन २१,८३९ ले घटेको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ।
मृतकहरूको बीचमा, ६५ वर्ष र माथिका वृद्ध व्यक्तिहरूको संख्या ४७ जनाले बढेर १,५१३ पुगेको छ, जुन कुल मृतकको ५६.८% हो।
प्रिफेक्चर अनुसार, टोकियोमा सबैभन्दा बढी १४६ जनाको मृत्यु भएको छ, त्यसपछि आइचीमा १४१ र चिबामा १३१ जनाको मृत्यु भएको रिपोर्टमा देखिएको छ। त्यसैगरि शिमाने प्रिफेक्चरमा सबैभन्दा कम ९ जनाको मृत्यु भएको थियो भने त्यसपछि तोत्तोरीमा १५ र कोचिमा २१ जनाको मृत्यु भएको बताईएको छ।
प्रति १००,००० जनामा मृत्युको दरको हिसाबले, तोकुशिमा प्रिफेक्चर लगातार दोस्रो वर्ष सबैभन्दा बढी ४.७५ रहेको छ, त्यसपछि एहीमेमामा ४.०३ र यामागुचिमा ३.९३ रहेको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




