टोकियो/जापान। जापानमा नेपालीहरुको लगानीमा संचालनमा आएको पहिलो स्कुल- एभरेस्ट इन्टरनेश्नल स्कुलले जापानको राजधानी टोकियोस्थि आराकावा वार्डको माचिया स्टेशन नजिकै एभरेस्ट किड्स इन्टरनेश्नल स्कुल आराकावा क्याम्पस संचालनमा ल्याएको छ।

जापानमा नेपाली तथा अन्य विदेशी समुदायको बढ्दो संख्यासंगै कतिपय नेपाली अभिभावकहरुले एभरेस्ट स्कुलमा आफ्ना नानीबाबुहरुलाई पढाउन चाहेता पनि वर्तमान स्कुलको क्षमता भन्दा अधिक भएकाले भर्ना गराई पठन/पाठन गराउन नपाएको परिस्थितिलाई सम्बोधन गर्न टोकियोकै आराकावा वार्डभित्र नयाँ भवन सहित आउँदो अप्रिलबाट कक्षा संचालन गरिन लागिएको स्कुलका भाईस चेयरमेन नेपालले नेपाल न्युजपोस्टलाई जानकारी गराएका हुन् ।

आराकावास्थित एभरेस्ट किड्स इन्टरनेश्नल स्कुलमा यस वर्ष प्लेग्रुप,नर्सरी,एलकेजी र युकेजीका कक्षाहरु संचालन हुनेछन् । त्यसपछि हरेक वर्ष कक्षा थप्दै साविककै एभरेस्ट स्कुलकै स्तरका उच्च शिक्षासम्म प्रदान गरिने बताईएको छ।

“एभरेस्ट स्कुलमा विद्यार्थी भर्ना गराउन कुनै समस्या छैन, अझै पर्याप्त कक्षाहरु छन्,अनुभवी र दक्ष व्यवस्थापन तथा शिक्षकहरुको समूह छ। अभिभावकहरुले ढुक्कसंग आफ्ना नानीबाबुहरु पढाउन सक्नुहुनेछ।”भाईस चेयरमेन नेपालले भने।

तपाई पनि जापानमा हुनुहुन्छ र आफ्ना नानीबाबुहरुको स्कुलको बारेमा सोचिरहनुभएको छ भने । यो उत्तम विकल्प हुनसक्छ । थप जानकारीका लागि ०३-५३३५-७३७९ र ०८०-७६४२-२५५२ मा सम्पर्क गर्न सक्नुहुनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार