टोकियो/जापान। जापानमा हुनुहुन्छ ? अनि एयुको मोबाईल फोन प्रयोग गर्नुहुन्छ भने,आज जनवरी १० केहि समय संचारमा समस्या सिर्जना भएको केडिडिआईले घोषणा गरेको छ।

केडिडिआईका अनुसार, एयु मोवाईल फोन सेवाको ५ जी र ५ जीएसए सेवाहरुमा समस्या देखिएको थियो। त्यसो त ४ जी सेवा प्रयोगकर्ताहरुमा भने खासै प्रभाव परेको थिएन।

४ः३० बजेतिरबाट संचार प्रणालीमा बिफलता देखिएको थियो भने,साँझ ५ः५० बजेतिरबाट सामान्य अवस्थामा नै सुचारु भएको थियो।

१० तारिख साँझ ४:३२ बजेतिरबाट प्रयोगकर्ताहरूले भ्वाइस कल, डेटा कम्युनिकेसन, एसएमएस (सी-मेल), र +मेसेज प्रयोग गर्न कठिनाइहरू अनुभव गरेका थिए।, केही प्रयोगकर्ताहरूले आपतकालीन कलहरू सहित भ्वाइस कलहरूमा समेत समस्या भोगेका थिए।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार