टोकियो/जापान। हिजो बिहिबारदेखि जारी मौद्रिक नीति बैठकले आज शुक्रबार,ब्याजदर बढाउने बताईएको छ।
स्रोतहरू उद्धृत नगरिएको जिजी प्रेसको रिपोर्ट अनुसार बैंक अफ जापानले शुक्रबार आफ्नो व्याजदर बढाउनेछ।

यदि केन्द्रीय बैंकले वास्तवमा शुक्रबार समाप्त हुने आफ्नो दुई दिने नीति बैठकमा आफ्नो छोटो अवधिको नीतिगत दर बढाएमा,बजारमा जापानी येनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यदि आज बैंक अफ जापानले व्याजदर वृद्धि गरेमा यो कदम गत वर्ष जुलाईमा ०.२५% प्रतिशत बढाएपछिको पहिलो दर वृद्धि पनि हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वसंगै बजारहरू अझै पनि धेरै स्थिर देखिन्छन् । जुन बैंक अफ जापानको व्याजदर वृद्धिका लागि कदम चाल्नको लागि आवश्यक मध्ये प्रमुख अवस्था भएको अर्थशास्त्रीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार