टोकियो/जापान। जापानको श्रम मन्त्रालयका अनुसार , जापानमा कार्यरत विदेशी श्रमिकहरूको संख्या गत वर्ष २३ लाख नाघेको छ। यो लगातार १२ वर्ष सम्म नयाँ उच्च कीर्तिमानी तथ्य हो।
विदेशी श्रमिकहरूको कार्यस्थल वातावरण सुधार गर्नका लागि, जापान सरकारले सन् २००७ देखि विदेशी श्रमिकहरूलाई रोजगार दिने कम्पनीहरू तथा व्यक्तिगत व्यवसायीहरूलाई हलोवर्क (Hello Work) मा जानकारी दिन अनिवार्य गरेको छ। यो तथ्य हलोवर्कमा दर्ता भएको आधिकारिक रेकर्डमा आधारित छ।
श्रम मन्त्रालयका अनुसार, गत वर्ष अक्टोबर को अन्त्यसम्म जापानमा कार्यरत विदेशी श्रमिकहरूको संख्या २३ लाख २ हजार ५ सय ८७ पुगेको थियो।
यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ५३ हजार ९ सय १२ ले बढेको हो । जसअनुसार वृद्धिदर १२.४% रहेको छ। सन् २०१३ यता लगातार १२ वर्षदेखि यो संख्या उच्च बन्दै आएको छ।
जापानमा रहेका विदेशी श्रमिकहरुमा सबैभन्दा धेरै
भियतनामीहरु रहेका छन् । गतवर्षको अक्टोबर सम्मको तथ्यांकमा ५ लाख ७० हजार ७ सय ८ जना यानेकी कुल विदेशी श्रमीकहरुको २५ प्रतिशत हिस्सा भियतनामीहरुको रहेको थियो । त्यसैगरि ४ लाख ८ हजार ८ सय ५ जना सहित चिनियाँहरुको संख्या दोस्रो नम्बरमा रहेको छ भने फिलिपिनीहरु २ लाख ५ हजार ५ सय ६५ जना सहित तेस्रो नम्बरमा रहेका छन् ।
पछिल्लो वर्षहरुमा म्यानमार,ईन्डोनेसिया श्रीलंका तथा नेपाल लगायतका मुलुकका श्रमिकहरुको संख्या उच्च मात्रामा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




