
टोकियो/जापान। जापानमा यो सिजनको सबैभन्दा चिसो हावाको प्रभावले जापान सागरतर्फका क्षेत्रहरूमा भारी हिमपात भएको छ। यसका साथै, कन्साइ,किन्की तोकाई जस्ता समथर भूभागमा समेत हिउँ जम्न थालेको छ।
यो चिसो हावाको प्रभाव फेब्रुअरी ९ सम्म निरन्तर रहने भएकाले जापान मौसम विभागले यातायात प्रणालीमा पर्ने असरप्रति सतर्क रहन, हिउँको भारले बिजुलीका पोल ढल्ने, बत्ती जान सक्ने, हिमपहिरो आउन सक्ने सम्भावना रहेको भन्दै सावधानी अप्नाउन आग्रह गरेको छ।
अहिले निगाता र इसिकावा प्रिफेक्चरमा अत्यधिक हिमपात भइरहेको छ। गिफु प्रिफेक्चरको हिदा कावाइमा १३ सेन्टिमिटर, गुनमा प्रिफेक्चरको मिनाकामि र निगाता प्रिफेक्चरको युजावा क्षेत्रमा १२ सेन्टिमिटर हिउँ परेको छ परेको बताईएको छ। यसैगरि ७ तारिख राति निगाता र इसिकावा प्रिफेक्चरमा “अत्यधिक हिमपात सम्बन्धी सूचना” जारी गरिएको थियो। निगाता सहरमा मात्र १२ घण्टामा ५० सेन्टिमिटर हिउँ परेको छ, जुन सन् १९९७ मा तथ्यांक राख्न थालिएदेखि हालसम्मकै उच्च मापन हो।
फेब्रुअरी ७ तारिख बिहान ५ बजेसम्म मापन गरिएको हिउँको मोटाइ हेर्दा निगाता क्षेत्रमा ३ मिटर २९ सेन्टिमिटर, फुकुशिमा प्रिफेक्चरको तादामी क्षेत्रमा २ मिटर ८४ सेन्टिमिटर, निगाताको आगा क्षेत्रमा १ मिटर ९४ सेन्टिमिटर पुगेको छ, जुन सन् १९८० यताकै उच्च हो। अन्य क्षेत्रहरूमा तोयामामा ७२ सेन्टिमिटर, कानाजावामा ४१ सेन्टिमिटर, इसिकावाको वाजिमामा ३० सेन्टिमिटर, शिगाको हिकोनमा ७ सेन्टिमिटर, नागोया र क्योटोमा १ सेन्टिमिटर हिउँ परेको छ।
अगामी दिनहरूमा पनि जापानको उत्तरी क्षेत्रदेखि पश्चिमी क्षेत्रसम्म कडा जाडो र हिमपात रहने अनुमान गरिएको छ। हिउँको मात्रा थप बढ्नसक्ने भएकाले ९ तारिखसम्म कान्तो-कोशिन क्षेत्रमा ८० सेन्टिमिटर, तोहोकु, निगाता र कन्साइ क्षेत्रमा ७० सेन्टिमिटर, गिफु र चुगोकु क्षेत्रमा ६० सेन्टिमिटर, होकुरिकु क्षेत्रमा ५० सेन्टिमिटर, मध्य जापान क्षेत्रमा २० सेन्टिमिटर, शिकोकु क्षेत्रमा १५ सेन्टिमिटर र क्युशु क्षेत्रमा ५ सेन्टिमिटर हिउँ पर्ने अनुमान छ। त्यस्तै, १० तारिखसम्म तोहोकु क्षेत्रमा ५० सेन्टिमिटर, होकुरिकु र निगातामा ४० सेन्टिमिटर, कान्तो-कोशिन, गिफु र कन्साइ क्षेत्रमा ३० सेन्टिमिटर, चुगोकु क्षेत्रमा १५ सेन्टिमिटर हिउँ पर्ने अनुमान गरिएको छ। देशभर हावाहुरी चल्ने सम्भावना छ, र समुद्रमा उच्च छाल आउने भएकाले समुद्री यात्रामा समेत असर पर्नेछ।
धेरै ठाउँमा हिमपातका कारण राजमार्ग र राष्ट्रिय मार्गहरू बन्द गरिएका छन्। गाडीको आवागमन रोक्न, कतिपय क्षेत्रहरूमा सुरक्षाका लागि पहिले नै सडक बन्द गरिएको छ। होकुरिकु, मध्य जापान, कन्साइ, चुगोकु, शिकोकु, र क्युशुका कतिपय राजमार्ग तथा रेलवे सेवामा समेत अवरोध पुगेको छ। हिमपात प्रभावित क्षेत्रका बासिन्दाहरूलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




