टोकियो/जापान। टोकियोमा  सम्पन्न  world  Max k-1 championship किक बक्सिङ्ग प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई अविरल (हिमालयन चितुवा )ले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरे ।

प्रतियोगितामा हजारौं दर्शकहरुका बिच विजयी हुँदै अविरलले नेपालको झण्डा फहराएका थिए।नेपाली खेलाडी हिमालयन चितुवा( अबिरल ) लाई माया गरेर हल सम्म गएर  साथ सपोर्ट गर्नु हुने साथी,दाजुभाई दिदिबहिनी, गुरु -चेला ,अग्रज ,पत्रकार साथै बिभिन्न माध्यम बाट शुभकामना प्रदान गर्नु हुने सबैलाई अविरलका प्रशिक्षक एवं पिता देव घिमिरेले धन्यवाद व्यक्त गरेका छन्।

जापानी समुदाय माझ, नेपालीहरूको शिर ऊच्च राख्दै, नेपालको गरिमालाई खेलकुदको माध्यमवाट पनि थप ऊच्च पार्न पटक- पटक अतुलनिय योगदान दिईरहेका अविरल घिमिरे (हिमालयन चितुवा) गत अक्टोम्बर २६ तारिक नागोयामा किक बक्सिङ प्रतियोगिताको  फ्रान्सका खेलाडी संगको भिडन्तमा समेत विजयी भएका थिए।जापानको नागोया शहरमा परिवार संगै बस्दै आएका अविरलले थुप्रै  किक बक्सिङ्ग प्रतियोगिताहरुमा  विजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्।

उनले यस अघि नै हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधी जितेर नयाँ किर्तिमान  समेत बनाएका थिए।अबिरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनि अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन्।अबिरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् ।आफ्नो आमाबुबा सँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मन पर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ्ग हिट प्रतियोगिताका १५खेल जितिसकेका छन् । आफ्नो कडा मेहेनत अनि हरेक नेपालीको आर्शिवादले आफुलाई अहिले सम्म सफलता हात परेको अविरल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार