टोकियो/जापान। विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको छाता संस्था स्याङ्जा समाज जापानको ७ औं अधिवेशनको सम्पुर्ण तयारी सकिएको छ।

यहि मार्च  २३ तारिख आईतबार टोकियोमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको  समाजका अध्यक्ष चित्र गुरुङले नेपालन्युजपोस्टलाइ जानकारी गराएका हुन् ।  विविध उदेश्य र लक्ष्यसहित प्रदेशीएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका, फुकुओका र किता कान्तो गरि ४ क्षेत्रीय समितिहरु सक्रिय छन् ।

समाजका संस्थापक अध्यक्ष, पुर्व आइसिसि अध्यक्ष एवं निर्वाचन समिति संयोजक जीवन न्यौपानेको अनुसार मार्च १३ तारिखदेखि खुलाईएको उमेद्वार मनोनयन मार्च १९ तारिखसम्मलाई तय गरिएको छ ।

सबै क्षेत्रमा गरि ३०९ जना आजीवन सदस्य र ५० जना साधारण सदस्य रहेका समाजको ७ औं अधिवेशनलाई सम्बोधन गर्न स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समिति अध्यक्ष विरेन्द्र जंग केसी अमेरिकाबाट १९ तारिख टोकियो आईपुग्ने समाजका महासचिव सागारमणी न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार