टोकियो/जापान ।  टोकियोमा चेरी फूल्ने सिजन सोमबारदेखि सुरू भएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार यस वर्ष चेरी फूल्ने समय गत वर्षभन्दा पाँच दिन अगाडि भएको हो।

एजेन्सीले जनाएको अनुसार करिब एक हप्ताभित्र चेरीका रूखहरू पूर्ण रूपमा फुल्ने अपेक्षा गरिएको छ। सोमबार दिउँसो २ बजे, एजेन्सीका एक अधिकारीले टोकियोको यासुकुनी मन्दिरमा रहेको एक ‘सोमेइयोशिनो’ जातको चेरी रूखमा छवटा फूल फुलेको पुष्टि गरेका थिए।

एजेन्सीले चेरी फूल्ने आधिकारिक घोषणा गर्न कम्तीमा पाँचवटा फूल फुलेको मानक प्रयोग गर्छ। यही मानक पूरा भएपछि टोकियोमा औपचारिक रूपमा चेरी फूल्ने मौसम सुरु भएको घोषणा गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार