तस्बिरः एआई जेनेरेटेड

टोकियो/जापान।। जापानमा आफ्नो निजी सवारी साधनलाई भाडामा प्रयोग गर्नु कानुनविपरीत हो, र यसका लागि कडा सजाय हुन सक्छ। हालै एक नेपाली नागरिकलाई यस्तो गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । जसले “सिरो ताकु” (白タク) अर्थात् अवैध रूपमा निजी सवारी साधनमार्फत यात्रुहरूलाई भाडामा सेवा प्रदान गर्ने कार्य गरेको बताईएको छ।

सिरो( 白タク)ताकु भनेको के हो?

“सिरो ताकु” जापानी भाषामा अवैध ट्याक्सी सेवा जनाउने शब्द हो, जसमा निजी सवारी साधन प्रयोग गरेर यात्रुहरूलाई भाडामा सेवा प्रदान गरिन्छ। जापानमा यात्रु ओसार/पसार गर्न आवश्यक कानुनी अनुमति वा लाइसेन्स चाहिन्छ। जापानमा यस्तो कार्य कडाईका साथ निषेध गरिएको छ ।

जापानमा निजी सवारी साधनलाई अवैध रूपमा भाडामा प्रयोग गर्दा निम्न कानुनी परिणामहरू हुन सक्छन्, अवैध रूपमा ट्याक्सी सेवा प्रदान गर्दा जेल सजायका साथै यस प्रकारको अवैध सेवाका लागि ठूलो रकमको जरिवाना लाग्न सक्छ।यसका अलवा, यस प्रकारको अपराधमा संलग्न व्यक्तिको सवारी चालक अनुमतिपत्र निलम्बन वा रद्द हुन सक्छ। साथै अपराधीको नाम सार्वजनिक रेकर्डमा दर्ता हुन सक्छ, जसले भविष्यमा सवारी साधन भाडामा लिन वा अन्य सेवाहरू प्राप्त गर्न कठिनाई उत्पन्न गर्न सक्छ।

नेपाली समुदायका लागि सन्देश

जापानमा बसोबास गर्ने वा भ्रमण गर्ने नेपाली नागरिकहरूलाई यस्तो अवैध कार्यबाट टाढा रहन अनुरोध गरिन्छ। यदि तपाईंले सवारी सेवा प्रदान गर्न चाहनुहुन्छ भने, आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र गर्नुहोस्। यसले तपाईंलाई कानुनी समस्याबाट जोगाउँछ र जापानको कानुनको सम्मान गर्दछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार