टोकियो/जापान। संकलनकर्ताहरूबीच अत्यधिक लोकप्रिय मानिने नाइकी ब्रान्डका सीमित संस्करणका नक्कली स्निकरहरूलाई साँचो भनेर झुक्याई, टोकियोका पुनः बिक्री (रिसाइकल) पसलहरूमा महंगो मूल्यमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूले अन्य थुप्रै पसलहरूमा पनि यस्तै नक्कली सामग्री पुर्‍याएको शंका गरी थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकामध्ये एक जना टोकियोको सेतागाया वार्ड निवासी, पेशा अज्ञात रहेका ४३ वर्षिया नाकामुरा कोउजी हुन्। उनका साथमा अर्का एक जना पनि संलग्न रहेका बताईएको छ।

पुलिसका अनुसार, अघिल्लो वर्षदेखि गत वर्षसम्मको अवधिमा, त्यी दुई जनाले नाइकी र अन्य ब्रान्डहरूबीचको सहकार्यमा बनाइएको सीमित संस्करणको जस्तो देखिने नक्कली स्निकरहरू टोकियोका दुई रिसाइकल पसलहरूमा लगेका थिए।
उनीहरूले प्रति जोडी दस हजार येनदेखि एक लाख येनभन्दा बढी मूल्यमा बेच्दै आएको आरोप छ।

उनीहरूले पसलका कर्मचारीहरूलाई झुक्याउन नक्कली डेलिभरी कागजात समेत देखाएका थिए, जसका कारण पसलले ती जुत्ता साँचो नै हो भनेर विश्वास गर्‍यो।

टोकियो मेट्रोपोलिटन पुलिसले नाकामुरा र उनका साथीसँग अन्य केही पसलहरूमा पनि यस्तै नक्कली स्निकरहरू बिक्री गरेको आशंका गरी अनुसन्धान गर्दैछ। साथै, ती नक्कली जुत्ता कसरी प्राप्त भए भन्ने कुराको पनि खोजी भइरहेको छ।हालसम्म यी दुई व्यक्तिले आरोप स्वीकार गरेका छन् वा छैनन् भन्ने खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार