
टोकियो/जापान। पूर्वी जापान रेलवे कम्पनी( जेआर इस्ट)ले विदेशी कामदारलाई लक्षित गर्दै नयाँ तालिम कार्यक्रम सुरु गरेको छ। निर्दिष्ट दक्ष कामदार(एसएसडब्लु)प्रणालीअन्तर्गत अब रेलवे मर्मत क्षेत्र पनि समावेश भएपछि कम्पनीले इन्डोनेसिया र भियतनामका २५ जना प्रशिक्षार्थीलाई फुकुसिमाको शिराकावा केन्द्रमा परीक्षण तालिम दिएको हो।
चार हप्ते तालिममा रेलको डब्बा, ट्रयाक र विद्युतीय संयन्त्रका बारेमा सिकाइनेछ। जापानी भाषामा हुने कक्षा सहज बनाउन प्राविधिक शब्दलाई सजिलो भाषामा अनुवाद गरेर बुझाइने कम्पनीको भनाइ छ।
परीक्षा उत्तीर्ण गरेपछि सहभागीहरूलाई जेआर इस्टका साझेदार कम्पनीहरूमा यो गर्मी यामदेखि रोजगारी दिइनेछ। तालिम, यात्रा र बसोबास खर्च कम्पनीले व्यहोर्नेछ।
जेआर इस्टका अनुसार प्रत्येक वर्ष १०० जना प्रशिक्षार्थी तयार पार्ने लक्ष्य लिइएको छ भने १० भन्दा बढी अन्य रेलवे कम्पनीहरूले पनि चासो देखाएका छन्।
सरकारी अनुमानअनुसार सन् २०२८ सम्म रेलवे क्षेत्रमा १८ हजारभन्दा बढी कामदारको अभाव हुने भएकाले उद्योगले ३ हजार ८ सय विदेशी दक्ष कामदार भित्र्याउने तयारी गरिरहेको छ।
रेलको चालकदेखि मर्मतसम्मको क्षेत्रमा अब विदेशी दक्ष जनशक्तिको उपस्थिति देखिनेछ, जसले जापानको रेल सेवामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




