टोकियो/जापान। जापान सरकारले सन् २०२५ को जुलाईदेखि सेप्टेम्बरसम्म लागू गर्न लागिएको बिजुली र ग्यास शुल्क राहत कार्यक्रमका लागि वार्षिक बजेटअन्तर्गतको आपतकालीन कोषबाट करिब ३ खर्ब ९० अर्ब येन खर्च गर्ने निर्णयमा पुगेको छ। यो योजना अमेरिकी ट्रम्प प्रशासनले अपनाएको उच्च आयात शुल्क नीतिका नकारात्मक असरहरूबाट जापानको अर्थतन्त्रलाई जोगाउन बनाइएको समग्र रणनीतिको एक हिस्सा भएको बताईएको छ।
सरकारले आउँदो मे २७ तारिखको मन्त्रिपरिषद् बैठकमा यस योजना स्वीकृत गर्ने तयारी गरिरहेको छ।कुल ३ खर्ब ९० अर्ब बजेट मध्ये २ खर्ब ९० अर्ब येन बिजुली तथा सहरमा प्रयोग हुने ग्यास को शुल्क घटाउन प्रयोग गरिने छ भने तथा १ खर्ब येन एलपी ग्यास प्रयोग गर्ने उपभोक्ताहरूका लागि स्थानीय सरकारहरूले आफ्ना क्षेत्रीय आवश्यकताअनुसार खर्च गर्न सक्ने “प्राथमिक सहायताका लागि स्थानीय अनुदान” मा विनियोजन गरिनेछ।सरकारको अनुमान अनुसार, साधारण परिवारको मासिक ग्यास–बिजुली खर्चमा झन्डै १ हजार येनको राहत मिल्नेछ।
जापान सरकारले सन् २०२३ को जनवरीदेखि सुरु गरेको बिजुली–ग्यास शुल्क राहत योजनाका लागि हालसम्म कुल ४ खर्ब येनभन्दा बढीको अनुदान दिइसकेको छ।सरकारको लक्ष्य भनेको, घरपरिवार र व्यवसायहरू दुवैलाई ऊर्जा महँगीको असरबाट जोगाउने र आर्थिक स्थायित्व कायम राख्ने हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




