ओसाका/जापान । धादिङ समाज जापान क्षेत्रीय समिति कान्साईको दोस्रो अधिवेशन आज आईतबार ओसाकामा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। दोस्रो अधिवेशनले विकास अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन समेत गरेको छ।
संस्थाका वर्तमान संयोजकको सभाध्यक्षता तथा केन्द्रका अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको अधिवेशनमा विशिष्ट अतिथिका रूपमा कृष्ण शर्मा गैरे, नरेन्द्र कुमार बस्नेत र श्याम ‘शितल’ श्रेष्ठको उपस्थिति रहेको थियो । यसका साथै जापानको कान्साई क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरूका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । अधिवेशनको संचालन हरिशरण अर्यालले गरेका थिए।
नवगठित समितिमा विकास अधिकारी संयोजकका रूपमा चयन भएका हुन् भने उनको संयोजकत्वमा सन्तोष धिताल र विशु गैरे उप–संयोजकका रूपमा चयन भएका छन् । त्यसैगरि हरिशरण अर्याल सचिव तथा कपिल इटनी सह–सचिव पदमा चयन भएका छन् । नवगठित समितिको कोषाध्यक्ष मा रामकुमार सुवेदी चयन गरिएको छ भने सह- कोषाध्यक्षमा सुदिप रिमाललाइ चयन गरिएको छ ।
सदस्यहरूमा – जानुका सुवेदी,सागर तामाङ,नारायण अधिकारी, सुजन रिमाल,राम बानियाँ र लक्ष्मी जिसी अर्याल चयन भएको केन्द्रीय महासचिव सुशान्त बानियाँले जानकारी गराएका छन् ।
कार्यक्रममा धादिङ समाज जापानको केन्द्रीय नेतृत्वबाट वरिष्ठ उपाध्यक्ष विजय सडौला, महासचिव सुशान्त बानियाँ, सचिवहरू दीपक बिष्ट र सरोज गिरी, तथा सदस्यहरू सुनिल जमरकट्टेल र भीमसेन कुँवरको पनि उपस्थित रहेको थियो। यसका साथै नव गठित क्षेत्रीय समिति नागोयाका संयोजक सन्तोष भुजेलको समेत सक्रिय उपस्थिति रहेको थियो।
यस अधिवेशनले जापानमा बसोबास गर्ने धादिङवासी नेपालीहरूलाई अझ संगठित र सशक्त ढंगले अगाडि बढाउने लक्ष्य लिएको छ। कार्यक्रमको समापनसहित समाजले आगामी दिनमा विविध सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




