टोकियो/जापान । जापानमा अहिले, मूल्यवृद्धीको तीव्रता र भविष्यप्रतिको चिन्ताका कारण धेरै मानिसहरू वरपरका व्यक्तिहरूले कति बचत गरेका छन् भन्नेमा चासो राखिरहेका छन्। सोनी लाइफ इन्स्योरेन्सले गरेको जापानका ४७ वटा प्रिफेक्चरहरुमा जीवनशैलीबारेको सर्वेक्षण २०२४” अनुसार हालको बचत रकम सबैभन्दा बढी रहेको प्रिफेक्चरको रुपमा ह्योगो अगाडी रहेको छ। त्यसपछि दोस्रो स्थानमा कानागावा, तेस्रोमा टोकियो रहेका छन्। ह्योगोमा उच्चस्तरीय आवास क्षेत्रहरू धेरै छन्, जस्तै आशिया सहरको रोक्कोसो चो, निसिनोमिया सहरको कुराकुएन, तथा ताकाराजुका सहरको ओगोयामा आदि। यस्ता क्षेत्रहरूमा बसोबास गर्ने धनी व्यक्तिहरूका कारण ह्योगोको बचत स्तर उच्च देखिएको आँकलन गरिएको छ।

यस सर्वेक्षण सन् २०२३ को अक्टोबरमा २० देखि ५९ वर्षका पुरुष तथा महिलाहरूलाई लक्षित गरी इन्टरनेटमार्फत गरिएको थियो। सबै ४७ वटा प्रिफेक्चरमा समान रूपमा १००–१०० जनाको नमुना निकालेर कुल ४७०० जनाको उत्तर संकलन गरिएको हो।

कान्साई क्षेत्रका ह्योगो – पहिलो स्थान ६२ लाख लाख ३५ हजार येन), नारा – छैँटौ स्थान ( ५१ लाख १५ हजार येन), शिगा – ९ औं स्थान ( ४७ लाख ७९ हजार येन), क्योतो – १० औं स्थान (४५ लाख ४४ हजार येन), वाकायामा – ११ औं स्थान (४४ लाख ८३ हजार येन) र ओसाका – १७ औं स्थान (४० लाख ६५ हजार येन)

यस सर्वेक्षण अनुलाप सबैभन्दा कम बचत भएको प्रिफेक्चर इवाते हो, जसको औसत बचत १६ लाख १८ हजार येन रहेको छ। जापानको ह्योगोमा वित्तीय ज्ञानको स्तर उच्च देखिएको छ, जसले उनीहरूको बचत क्षमतासँग प्रत्यक्ष सम्बन्ध राख्न सक्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार