टोकियो /जापान। छोटो भिडियो एप ‘टिकटक’ ले अब जापानमा किनमेल (इ-कमर्स) सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।यसले अमेजन र राकुतेन जस्ता ठूला अनलाइन बजारहरूलाई सिधा चुनौती दिने संकेत गरेको छ।
यो नयाँ सुविधा खासगरी व्यापार गर्नेहरूका लागि आकर्षक बन्न सक्ने अनुमान गरिएको छ, जसले टिकटकको लोकप्रियता र प्रयोगकर्ताहरूको ध्यान तान्ने क्षमतालाई प्रयोग गरेर आफ्नो उत्पादन बिक्री गर्न सक्नेछन्। यससँगै जापानका चर्चित विज्ञापन कम्पनीहरू हाकुहोदो र डेन्सु जस्ता एजेन्सीहरूले पनि यसलाई एउटा अवसरका रूपमा हेरेका छन्, जसअन्तर्गत उनीहरूले व्यापारीहरूलाई मार्केटिङ र प्रवर्द्धनमा सहयोग गर्न सक्नेछन्।
चिनियाँ कम्पनी बाइटडान्सद्वारा सञ्चालित टिकटकले यसअघि अमेरिका र दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकहरूमा TikTok Shop सेवा सुरु गरिसकेको छ।
जापानमा भने टिकटकको प्राइभेसी नीतिमा जुन २ तारिखदेखि “किनमेल सुविधासँग सम्बन्धित विवरणहरू” समावेश गरिएको पाइएपछि उद्योग क्षेत्रमा यो सेवा यति छिटै सुरु हुन सक्ने अनुमान गरिएको छ । सम्भवत: यही महिना भित्रै सुरु हुनेछ।
यदि यस्तो सुविधा सुरुआत भयो भने, जापानको इ–कमर्स बजारमा नयाँ ढोका खुल्नेछ र यसले विशेषगरी युवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै नयाँ शैलीको किनमेल संस्कृतिको विकास गर्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




