टोकियो/जापान। जुलाई ३ तारिख बिहानै जापानको ओगासावारा नजिकैको समुद्र क्षेत्रमा ताईफु ३ को देखा परेको छ। हालसम्मको प्रक्षेपणअनुसार यो ताईफु जापानको मुख्यभूमि (होन्स्यु) को पूर्वी समुद्रतर्फ उत्तर दिशामा अगाडि बढ्ने अनुमान गरिएको छ। तर यसको सम्भावित बाटोमा अझै स्पष्टता नआएको हुँदा जापानको मौसम विभागले नागरिकहरूलाई आगामी जानकारीमा ध्यान दिन आग्रह गरेको छ।
जापान मौसम विभागका अनुसार, जुलाई ३ तारिख बिहान ३ बजे ओगासावारा क्षेत्र नजिक ताईफु ३ सुरु भएको हो ।
यस ताईफुको केन्द्रमा वायुचाप १००२ हेक्टोपास्कल रहेको छ भने केन्द्र नजिकैको अधिकतम हावाको गति १८ मिटर प्रति सेकेन्ड र अधिकतम झट्का २५ मिटर प्रति सेकेन्ड मापन गरिएको छ। ताईफुको उत्तरपूर्वतर्फ ३३० किलोमिटर र दक्षिणपश्चिमतर्फ २२० किलोमिटरको भित्रि क्षेत्रमा १५ मिटर प्रति सेकेन्डभन्दा बढी गति भएको कडा हावा चलिरहेको छ।
ताईफु हाल २० किलोमिटर प्रति घण्टाको गतिमा उत्तरपश्चिम दिशामा अगाडि बढिरहेको छ। अनुमान अनुसार यसले जापानको मुख्य भूमि (होन्स्यु) को पूर्वी समुद्रतर्फ उत्तर दिशामा आफ्नो गति राख्नेछ।
तर यसको मार्गको बारेमा अझै निश्चितता नभएकोले, मौसम विभागले सतर्क रहन र आगामी मौसम जानकारीमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




