जापानमा बढ्दो गर्मीसँगै खोला तथा समुन्द्रमा परिवार र साथिभाईहरु मिलेर पौडी खेल्न जाने धेरैजसो नेपालीहरुको योजना रहेको हुन्छ।अत्याधिक गर्मीसँगै कम्पनीहरुले दिने बिदा साथै विद्यार्थीहरुको लागि पनि कलेजले दिने गर्मी बिदामा गर्मी छल्नकै लागि र रमाइलो गर्न पनि समुन्द्रमा जाने अधिकांश नेपालीहरुको चलन रहेको पाइन्छ। विगतका वर्षहरुलाई हेर्ने हो भने जापानमा खोला तथा समुन्द्रमा पौडी खेल्ने क्रममा केहि नेपालीहरुले वर्षेनी ज्यान गुमाईरहेका हुन्छन त्यसैले समुन्द्र तथा खोलामा पौडी खेल्न जानु अघि विचार र शतर्क हुन जरुरी हुन्छ।जापान मात्र नभएर अन्य देशहरुमा पनि समुन्द्रमा पौडी खेल्ने क्रममा नेपालीहरुले ज्यान गुमाएका समचारहरु बेला बेलामा सुन्ने गरिन्छ।
नेपालमा समुन्द्र नभएको कारण हामी नेपालीहरुलाई समुन्द्रमा पौडी खेलेको अनुभव हुदैँन साथै कतिपय नेपालीहरुलाई पौडी खेल्न नै आउदैन तर पनि समुन्द्र तथा खोलामा पौडी खेल्नको लागि पस्ने गरेको पाईन्छ। समुन्द्रमा पौडी खेल्दा सुरुमा छेउ-छेउमा ( किनारा)पौडी खेल्ने अनि विस्तारै पर-पर जादाँ एक्कासी गहिराई आउने गर्दछ र उक्त गहिराईबाट बाहिर निस्कन खोज्दा पानी मुखमा जाने गर्दछ जसले गर्दा झन गार्हो र मन अतालिदिन्छ र फेरि पानी मुखमा जान्छ र त्यो ठाउँबाट निस्कनै गार्हो हुने गर्दछ त्यसैले यस्तो समयमा पौडी खेल्न जानेको मान्छेबाट सहयोग पाइएन भने ज्यान जान सक्दछ र पानीमा डुब्न लागेको मान्छेलाई सकेसम्म कपालमा तानेर बचाउने प्रयास गर्नुपर्दछ होइन भने सोहि ब्यक्तिलाई पनि खतरा हुने गर्दछ।
आफुलाई पौडी खेल्न अब्बल ठानेका केहि व्यक्तिहरु साथिहरुलाई देखाउन पनि समुन्द्रको पानीमा टाढासम्म पुग्ने गरेको पनि देखिन्छ तर लामोसमय पछि पानी भित्र जादाँ शरिर छिटो थाक्ने गर्दछ र जादाँ सजिलैसँग निकै टाढा पुगेतापनि फर्किने बेला शरिरमा शक्ति कम भएर हात खुट्टा नै गल्ने गर्दछ त्यसपछि पानीबाट बाहिर आउनै गार्हो हुने भएकोले पनि ज्यान जान सक्दछ।
केहि नेपालीहरु समुन्द्र तथा खोलामा पौडी खेल्न जानुभन्दा पहिले नै अत्याधिक मदिरा सेवन गरेर पनि जाने गरेको पाइन्छ जसले पौडी खेल्दा साथिभाईहरुको अगाडी बढी उशृखल हुने , देखाउन कै लागि धेरै टाढा सम्म पौडी खेल्दै जाने , शरिर थाक्दा थाक्दै पनि लामो समयसम्म पानीमै खेल्न खोज्ने , बारम्बार चिसो पानीमा खेल्दै तातो बालुवामा गएर लामो समयसम्म सुत्ने जस्ता विभिन्न कारणहरुले गर्दा पनि नेपालीहरुले ख्यालख्यालमै पौडी खेल्दा ज्यान गुमाउने गर्द्छन।
समुन्द्रसँगै खोलामा पनि पौडी खेल्दा मृत्यु भएका खबरहरु सुन्ने गरिन्छ विशेषगरी बालबालीकाहरुलाई खोलामा एक्लै पौडी खेल्न जान दिनु हुँदैन किनभने खोलाको पानी टाढा र बाहिरबाट देख्दा सानो देखिएता पनि पानीको बेग बढि हुने भएकोले पानीले सजिलै बगाउँछ जसमा बालबालीका देखि अन्य ब्यक्तिहरुपनि बगिरहेको पानीमा पौडी खेल्दा कहिलेकाहीँ पानीको बेग सङ्गै आफुलाई नियन्त्रण गर्न नसक्ने हुँदा पानीबाट बाहिर निस्कन कठिन हुने गर्दछ र पानीले बगाइसकेपछि पानीबाट बाहिर आउने प्रयास गरेतापनि गार्हो हुनेगर्दछ साथै शरिर पनि गल्दै जाने र पानीको मात्रा अत्याधिक पेटमा जाने हुनाले पनि मृत्यु हुनेगर्दछ।जापानमा गर्मीसँगै रमाइलो गर्नको लागि खोलामा पैसा तिरेर र्याफ्टिङ्ग गर्न जानेहरु पनि धेरै हुन्छन र उनिहरुले जिम्मा लिएर र्याफ्टिङ्ग गराउने गर्दछन तर आफुलाई पौडी खेल्न आउदैन भने सकेसम्म नगएको नै राम्रो हुन्छ।
यसकारण समुन्द्रमा पौडी खेल्न जाँदा सकेसम्म धेरै गहिराई र पानीको बढी छाल आउने क्षेत्रमा जानु हुदैँन यदि गएपनि पौडी खेल्न जान्ने ब्यक्तिहरुको साथमा जानुपर्दछ।समुन्द्रमा पौडी खेल्दा पनि लामो समयसम्म पानीमा बसिरहनु हुदैँन ,पौडी खेल्न जानु भन्दा पहिला भोको पेट र मदिरा पियर पनि जानु हुदैँन ।
त्यसैले जापानमा रहनुभएका सम्पुर्ण नेपालीहरु बढ्दो गर्मीसँगै खोला तथा समुन्द्रमा पौडी खेल्न जाँदा शतर्क र विचार गरेर जानु होला होइन भने पानीले अकालमै ज्यान लैजान सक्दछ।
धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




