टोकियो/जापान। जापानी नार्कोटिक्स एजेन्सीले इतिहासमै पहिलो पटक सबैभन्दा ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको जनाएको छ। बुधबार सार्वजनिक गरिएको जानकारी अनुसार, १ टन ४ सय ६० किलो गाँजा बरामद गरिएको छ, जसको मूल्य करिब ५ अर्ब २० करोड येन हुने अनुमान गरिएको छ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको नार्कोटिक्स कन्ट्रोल डिपार्टमेन्टका अनुसार, यो गाँजा तोचिगी प्रिफेक्चरको टोकियोको उत्तरतर्फ रहेको एक सामाग्री भण्डारण स्थलमा राखिएको अवस्थामा फेला परेको हो। यसलाई मालवाहक कन्टेनरभित्र लुकाएर तस्करी गरिएको थियो।

यस घटनामा तीन जना भियतनामी नागरिकलाई गाँजा तस्करी र अवैध रूपमा राखेको अभियोगमा पक्राउ गरिएको र मादक पदार्थ नियन्त्रण ऐन उल्लङ्घनको आरोपमा मुद्दा दायर गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार