टोकियो/जापान। टोकियोको नाकानो जेरो हलमा अगस्ट २३ तारिखका दिन धादिङ समाज जापानको आयोजनामा तीज धमाका २०२५ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी रहनु भएको थियो भने सभाध्यक्ष धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ हुनुहुन्थ्यो ।त्यस्तै, कार्यक्रममा विशेष अतिथिका रूपमा एनआरएनए आइसीसीका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, एनआरएनए महिला उपाध्यक्ष अञ्जु भण्डारी, अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ समाज जापानका सल्लाहकार तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।

सांगीतिक प्रस्तुतिमा चर्चित गायक/ गायिका पशुपति शर्मा, पूर्णकला बीसी, नारायणी खत्री, श्याम ‘सितल’ श्रेष्ठ र राजकुमार बानियाँले धमाकेदार प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य ईश्वरी अर्यालले प्रस्तुत गर्नुभएको थियो भने शुभकामना मन्तव्य क्रमशः संगिता अधिकारी, रोविन सेरचन, सुवास लामिछाने र राजदुत डा. दुर्गा बहादुर सुवेदीले दिनुभएको थियो।

साथै, कार्यक्रममा मायाको चिनो वितरण समेत गरिएको थियो भने कार्यक्रमको संचालन संस्थाका महासचिव सुशान्त बानियाँले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार