ह्योगो/जापान। जापानको ह्योगो प्रिफेक्चरस्थित निशिनोमिया सहरमा मंगलबार बिहान तीनजनालाई चक्कु प्रहार गरिएको छ। प्रहरीले घटनापछि ३९ वर्षीया एक पुरुषलाई पक्राउ गरेको छ।
स्थानीय प्रशासनका अनुसार, बिहान करिब १० बजे पीडितमध्ये एकजनाले “मलाई भान्सामा प्रयोग हुने चक्कुले हानियो, मेरो हात र ढाडबाट रगत बगिरहेको छ” भनेर आपतकालीन फोन गरेका थिए।
प्रहरी पुगेपछि उनीहरूले घरभित्र बस्ने करिब ९० वर्षका एक पुरुष र ८० वर्षकी उनकी पत्नीलाई घाइते अवस्थामा फेला पारे। साथै, घर नजिकैको सडकमा रहेका करिब ७० वर्षका एक छिमेकी पनि घाइते अवस्थामा भेटिएका थिए। तीनैजना अस्पताल पठाइएका छन् र सबै होसमा रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीको खोजतलासमा आक्रमण भएको घरबाट करिब ३०० मिटर टाढा सन्दिग्ध युजी इनोउएलाई पक्राउ गरिएको हो। निशिनोमियाकै बासिन्दा तथा बेरोजगार रहेका उनले भान्साको चक्कु प्रयोग गरी आक्रमण गरेको स्वीकार गरेका छन्। प्रहरीद्वारा उद्धृत भनाइअनुसार, “मार्ने सोच भने ती महिलाप्रति मात्र थियो।”
यो घटना हान्सिन इलेक्ट्रिक रेल्वेको कोशिएन स्टेशनबाट करिब १ किलोमिटर दक्षिणपश्चिमतर्फ रहेको आवासीय क्षेत्रमा भएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




