टोकियो/जापान। सन २०२५ को “जापान पावर सिटिज – प्रोफाइलिङ अर्बन एट्र्याक्टिभनेस” र्याङ्किङमा ओसाका लगातार पाँचौं वर्ष पनि जापानका प्रमुख सहरमध्ये पहिलो स्थानमा पर्न सफल भएको छ। यो र्याङ्किङ मोरी बिल्डिङ कम्पनीले मंगलबार सार्वजनिक गरेको हो।
कुल १३६ सहरलाई समेटिएको उक्त सूचिमा नागोया लगातार दोस्रो वर्ष दोस्रो स्थानमा रह्यो भने गत वर्ष पाँचौं स्थानमा रहेको फुकुओका यसपटक उक्लिँदै तेस्रो स्थानमा पर्न सफल भयो।
ओसाकाले “अर्थतन्त्र र व्यवसाय” तथा “पहुँच सहजता” दुई विधामा उच्च स्थान हासिल गर्यो। साथै, सन् २०२५ मा हुने ओसाका-कान्साई एक्स्पोको तयारी स्वरूप गरिएको पूर्वाधार विकास र होटल निर्माणले पनि यसको मूल्याङ्कनलाई बलियो बनाएको छ।
नागोयाले “अनुसन्धान तथा विकास” र “दैनिक जीवन र बसाइयोग्यता” क्षेत्रमा उच्च अंक पाएको छ। उता, फुकुओकाले चीन र दक्षिण कोरियासँगको नजिकको भौगोलिक अवस्थालाई उपयोग गर्दै पर्यटन प्रवर्द्धनजस्ता पहलमार्फत आफ्नो अंक सुधार गरेको हो।
त्यसैबीच, गत वर्ष तेस्रो स्थानमा रहेको योकोहामा यसपटक चौथो स्थानमा झरेको छ। बसोबास र जीवनयापन लागतसम्बन्धी सूचकमा यसको मूल्याङ्कन घटेको देखिएको छ।
यो वार्षिक र्याङ्किङ मोरी मेमोरियल फाउन्डेसनको इन्स्टिच्युट फर अर्बन स्ट्राटेजीजले तयार गर्ने गर्दछ। छनोटका लागि सरकारी तोकिएका सहर, प्रिफेक्चर कार्यालय रहेका सहर तथा १ लाख ७० हजारभन्दा बढी जनसंख्या भएका सहरलाई आधार मानिन्छ। राष्ट्रिय तथ्यांक र बासिन्दा सर्वेक्षणमार्फत “अर्थतन्त्र र व्यवसाय”, “दैनिक जीवन र बसाइयोग्यता” लगायत ६ विधामा रहेका ८७ सूचकाङ्कमा आधारित मूल्याङ्कन गरेर स्थान तोकिएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




