गुन्मा,जापान। जापानको गुन्मा प्रिफेक्चरमा मंगलबार साँझ एक सुपरमार्केटभित्र भालु पस्दा दुई ग्राहक घाइते भएका छन्। प्रहरीका अनुसार उक्त भालुले पसलभित्रै दुई जनामाथि आक्रमण गरेको थियो, जसमा एक जनालाई अस्पताल लगिएको छ।
घटनास्थल नुमाता सहरको सुपरमार्केट भएको बताइएको छ। भालुको प्रजाति तत्काल पहिचान हुन सकेको छैन र आक्रमणपछि भालु त्यहाँबाट भागेको प्रहरीले जनाएको छ।
सुरक्षा क्यामेरामा कैद तस्बिर अनुसार उक्त भालु करिब १.४ मिटर लामो वयस्क थियो। प्रहरीले वरपरका बासिन्दालाई घरभित्रै बस्न र सतर्क रहन आग्रह गर्दै गस्ती गाडीमार्फत चेतावनी जारी गरेको छ।
मंगलबार साँझ करिब ७:३० बजे आपतकालीन फोनमार्फत एक प्रत्यक्षदर्शीले “भालुले पसलभित्र ग्राहकमाथि आक्रमण गर्यो” भन्दै खबर गरेका थिए। त्यस्तै, स्थानीय दमकल कार्यालयले पनि पसलका कर्मचारीबाट “भालुले एक पुरुषलाई आक्रमण गरेको” भन्ने जानकारी पाएको जनाएको छ।
घाइते दुई जना क्रमशः ६९ र ७६ वर्षका पुरुष भएको प्रहरीले पुष्टि गरेको छ। उनीहको अवस्था सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




