टोकियो,जापान। जापानको मिए प्रिफेक्चरल सरकारले सेवा प्रदायक कर्मचारीहरूमाथि ग्राहकद्वारा हुने दुर्व्यवहार रोक्नका लागि देशमै पहिलो पटक सजायसहितको कानुन ल्याउने तयारी गरेको छ।
तयारी भइरहेका मस्यौदा अनुसार, “ग्राहक दुर्व्यवहार (Customer Abuse)” लाई सामाजिक मर्यादाभन्दा बाहिर गएर कर्मचारीको कार्य वातावरणमा हानी पुर्याउने अत्यधिक असहज व्यवहारका रूपमा परिभाषित गरिनेछ। चर्को स्वरमा माफी माग्न माग गर्नु, धम्की दिनु वा अन्य अपमानजनक व्यवहार गर्नुलाई “निर्दिष्ट ग्राहक दुर्व्यवहारको रूपमा वर्गीकृत गरिने बताइएको छ।
यदि कुनै व्यवसायले यस्तो दुर्व्यवहारको उजुरी गर्छ भने, मिए प्रिफेक्चरल सरकारले वकिलहरू सहितको प्यानल गठन गरी अनुसन्धान र सल्लाह लिनेछ। अनुसन्धानपछि यदि कार्य दुर्व्यवहारको रूपमा पुष्टि भएमा, गभर्नरले सम्बन्धित व्यक्तिलाई त्यस्ता कार्य नगर्न आदेश दिनेछन्।
आदेशको उल्लंघन भएमा करिब ५ लाख येन बराबरको जरिवाना तोकिने तयारी गरिएको छ। यस कानुनले निजी कम्पनीका कर्मचारी मात्र होइन, सरकारी कर्मचारी र विद्यालयका शिक्षकहरूलाई समेत सुरक्षा दिनेछ।मिए प्रिफेक्चरल सरकारले यो कानुनको मस्यौदा सन् २०२६ को जून महिनामा प्रिफेक्चरल सभामा पेश गर्ने योजना बनाएको जनाएको छ।
जापानको आन्तरिक मामिला मन्त्रालयले यसअघि गरेको अध्ययन अनुसार, देशभरका ३५ प्रतिशत स्थानीय सरकारी कर्मचारीहरूले सेवाग्राहीहरूबाट असभ्य व्यवहार र अव्यवहारिक मागको सामना गरेको बताएका छन्।
मिए प्रिफेक्चरल सरकारले ल्याउन लागेको यो पहल जापानमा कार्यस्थलमा हुने मनोवैज्ञानिक र सामाजिक हिंसाविरुद्धको ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




