ओसाका, जापानमा आयोजित विश्व प्रदर्शनी सोमबार औपचारिक रूपमा सम्पन्न भएको छ। एक्स्पोमा अत्याधुनिक प्रविधिदेखि विविध संस्कृतिसम्मका प्रदर्शनीहरू समेटिएका थिए। ६ महिनासम्म चलेको यो कार्यक्रमले २ करोड ५० लाखभन्दा बढी अवलोकनकर्तालाई आकर्षित गर्न सफल भएको आयोजकहरूले बताए।
उद्घाटनदेखि अन्तिम दिनसम्म केही प्राविधिक तथा सञ्चालन चुनौतीहरू आए पनि, आयोजकहरूले यसलाई “सफल एक्स्पो” को रूपमा घोषित गरे। समापन समारोहमा पारित घोषणापत्रमा एक्स्पोलाई “आपसी समझदारी र संवादमार्फत परिवर्तन ल्याउने विश्वस्तरीय सार्वजनिक सम्पदा” का रूपमा पुन: पुष्टि गरिएको उल्लेख गरिएको छ।
यो एक्स्पो ओसाकाको कृत्रिम टापु युमेशिमामा आयोजना गरिएको थियो, जसमा कुल १५८ देश र क्षेत्रहरूको सहभागिता थियो। समापन समारोहमा बिचको झण्डा (BIE Flag) सन् २०३० का आयोजक साउदी अरबलाई हस्तान्तरण गरिएको छ।
जापानी प्रधानमन्त्री सिगेरु इसिबाले भने – “विभाजन होइन एकता, टकराव होइन सहिष्णुता” को महत्त्व औँल्याउँदै भने, “हामीले एकदिल भई धेरैलाई सन्तुष्टि दिने अद्भुत एक्स्पो निर्माण गर्न सक्यौं।”
उक्त एक्स्पोमा आइतबारसम्म साधारण अवलोकनकर्ताको संख्या २ करोड ५२ लाख ९० हजार पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ। यो उपस्थिति सन् २००५ मा आइची प्रान्तमा भएको जापानी एक्स्पोमा भन्दा बढी हो ।
आधिकारिक मस्कट “म्याकु–म्याकु” को प्लस टोयलगायतका वस्तु बिक्रीबाट मात्र करिब ८० अर्ब येन आम्दानी भएको छ। आयोजकहरूले कुल सञ्चालन नाफा अधिकतम
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




