टोकियो/जापान। जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले अक्टोबर २१ का दिन श्रम मन्त्री केनिचिरो उएनोलाई ओभरटाइम (अतिरिक्त काम) को समयसीमा खुकुलो पार्ने विषयमा विचार गर्न निर्देशन दिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
लिखित निर्देशनमा ताकाइचीले भनेकी छन्, “शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्दै र कर्मचारीको स्वतन्त्र इच्छाको सम्मान गर्दै कामको समय सम्बन्धी नियमहरूमा लचकता ल्याउने विषयमा विचार गर्न आग्रह गर्दछु।” यो कुरा उनले अक्टोबरमा भएको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षीय चुनावका क्रममा पनि आफ्नो नीति रूपमा प्रस्तुत गरेकी थिइन्।
सन् २०१९ अप्रिलदेखि लागू भएको ‘वर्क स्टाइल रिफर्म’ कानुनअन्तर्गत ओभरटाइमको सीमा तोकिएको छ। हालको नियम अनुसार सामान्य अवस्थामा महिनामा ४५ घण्टा र वर्षमा ३६० घण्टासम्म मात्र ओभरटाइम गर्न पाइन्छ। व्यस्त समय वा विशेष परिस्थितिमा पनि महिनामा १०० घण्टाभन्दा बढी र औसतमा बहु महिनामा ८० घण्टाभन्दा बढी गर्न नपाइने व्यवस्था छ।
प्रधानमन्त्री ताकाइचीको निर्देशनमा साइड-जब (पार्टटाइम वा अतिरिक्त रोजगारी) प्रोत्साहन र न्यूनतम तलब बढाउने नीति पनि समावेश गरिएको छ। निर्देशनमा स्पष्ट रूपमा भनिएको छ, “विविध काम गर्ने शैलीलाई समायोजन गर्ने नियमहरू स्थापित गरी सबैले निश्चिन्त भएर काम गर्न सक्ने वातावरण निर्माण गरिनेछ।”
सन् २०१९ देखि लागू ‘वर्क स्टाइल रिफर्म’ ऐन लागू भएको ५, वर्ष पुगिसकेकोले अहिले यसको पुनरावलोकन गर्ने तयारी भइरहेको छ। ताकाइचीको निर्देशनपछि ओभरटाइम नियम खुकुलो पार्ने छलफल अघि बढ्ने देखिएको छ, जसले कामको शैली सुधार अभियानमा पछि फर्कने चिन्ता पनि उत्पन्न हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




