टोकियो/जापान। टोकियो महानगर सरकारले जापान एयरलाइन्स र नोमुरा रियल इस्टेट डेभलपमेन्ट नेतृत्वमा दुई टोलीलाई “फ्लाइङ कार” (उड्ने सवारी) परियोजनाका लागि चयन गरेको छ।
टोकियोको यो महत्वाकांक्षी योजना अन्तर्गत जापान एयरलाइन्स (JAL) समूहमा नौ कम्पनीहरू छन् — जसमा सुमितोमो कर्पोरेशन, ताइसेई कर्पोरेशन, र केइओ कर्पोरेशन पनि सामेल छन्। उनीहरूले अमेरिकास्थित आर्चर एभिएशन कम्पनीका उड्ने सवारी प्रयोग गर्ने योजना बनाएका छन्।
नोमुरा रियल इस्टेट डेभलपमेन्टको नेतृत्वमा रहेको अर्को समूहमा सात कम्पनीहरू छन्, जसमा एएनए होल्डिङ्स ,ईस्ट जापान रेलवे कम्पनी र सेइबु होल्डिङ्स पनि छन्। यस समूहले टोयोटा, आइची प्रिफेक्चरमा आधारित स्काइड्राइभ (SkyDrive Inc.) र अमेरिकी कम्पनी जोबी एभिएशन (Joby Aviation Inc.) का विमान प्रयोग गर्नेछ।
यी टोलीहरूले टोकियोका तटीय क्षेत्र र तामा नदी आसपासको हवाई मार्गमा परीक्षण उडान गर्ने योजना बनाएका छन्। परीक्षण उडानहरू आगामी आर्थिक वर्षभित्र सञ्चालन गरिनेछ र सन् २०२७ आर्थिक वर्षभित्र आंशिक व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। पूर्ण रूपमा व्यावसायिक सञ्चालन सन् २०३० आर्थिक वर्षभित्र सुरु गर्ने लक्ष्य लिइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




