हिरोशिमा,जापान। जापानको हिरोशिमा प्रिफेक्चरले आफ्नो इतिहासमै पहिलोपटक महिला गभर्नर चयन गरेको छ। पूर्व उप–गभर्नर मिकाको योकोता आइतबार सम्पन्न गभर्नर निर्वाचनमा विजयी भइ हिरोशिमाकी पहिलो महिला गभर्नर बनेकी हुन्।
५४ वर्षीया योकोता स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएकी थिइन्। उनलाई सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी सहित संविधानिक डेमोक्रेटिक पार्टी, डेमोक्रेटिक पार्टी फर द पिपल्स र कोमेतो पार्टीको समर्थन प्राप्त थियो।
उनले ६४ वर्षीया मायुमी इनोहारालाई पराजित गरिन्, जो जापानी कम्युनिस्ट पार्टीद्वारा समर्थित उम्मेदवार थिइन्। इनोहारा न्यू जापान वुमेन्स एसोसिएसनको हिरोशिमा शाखाकी अधिकारी हुन्।
निर्वाचन प्रचारका क्रममा योकोताले पूर्व गभर्नर हिदेहिको युजाकी (६०) को नीतिलाई निरन्तरता दिने बताएकी थिइन्। युजाकीले लगातार चार कार्यकाल पूरा गरी पदत्याग गरेका हुन्।
योकोताले युवाहरू र महिलाहरूका लागि आकर्षक समुदाय निर्माण गर्ने, साथै कृषि, वन र मत्स्य क्षेत्रको उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




