जापान। दक्षिण चीन सागरमा सक्रिय ताईफु नम्बर–२६ उत्तरतर्फ सर्दै ओकिनावा नजिक आईपुगेको छ । यस ताईफुको प्रभावले जापानको ओकिनावा प्रान्तमा बुधबार (१२ नोभेम्बर) सम्म भीषण वर्षा, ठूलो हावा र उच्च छालको जोखिम बढाएको जापान मौसम विभागले जनाएको छ।
मंगलवार बिहान ६ बजेसम्मको अवस्थाअनुसार ताईफु दक्षिण चीन सागरमा उत्तर–उत्तरपश्चिम दिशातर्फ बढिरहेको छ । यसको केन्द्रको वायुचाप ९७५ हेक्टोपास्कल रहेको छ भने केन्द्र नजिक अधिकतम स्थायी हावा गति ३० मिटर प्रति सेकेन्ड र क्षणिक अधिकतम गति ४५ मिटर प्रति सेकेन्ड पुगेको छ ।
मौसम विभागका अनुसार ताईफु १२ नोभेम्बरसम्म उत्तरतर्फ सर्दै ताइवान नजिक पुग्ने अनुमान गरिएको छ । यसै क्रममा ओकिनावा क्षेत्रमा ताईफुबाट आउने हावा प्रवेश गरिरहेकाले वायुमण्डल अत्यन्त अस्थिर बनेको छ । योङागुनी विमानस्थल क्षेत्रमा बिहान ६:३० सम्मको एक घण्टामा ३४ मिलिमिटरको तीव्र वर्षा मापन गरिएको छ ।
मौसम विभागले जनतामा अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ ।ताईफु १३ नोभेम्बर तिर ताइवान नजिक पुग्दा केही कमजोर भई कमचापमा रूपान्तरण हुने अनुमान गरिएको छ । त्यसपछि यो साकिशिमा टापु नजिक पुग्ने सम्भावना छ, जसका कारण त्यहाँ र ओकिनावा मुख्य टापुमा अझै तीव्र वर्षा र समुद्र अशान्त रहने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




