टोकियो/जापान। जापान सरकारले बढ्दो आवास लागत र नागरिकका आर्थिक बोझलाई ध्यानमा राख्दै,होम लोन कर छुट योजनालाई आगामी वर्ष पनि लम्ब्याउने तयारी गरेको छ। यो योजना यस वर्षको अन्त्यमा समाप्त हुँदै थियो, तर घरको मूल्य अत्यधिक बढिरहेको परिस्थितिमा सरकारले यसलाई निरन्तरता दिन आवश्यक ठानेको छ।
हाल लागू भइरहेको व्यवस्थाअनुसार, आवास ऋणको वर्ष अन्त्यमा बाँकी रकमको ०.७ प्रतिशत रकम आयकर तथा स्थानीय करबाट छुट पाउने व्यवस्था छ। यो प्रणाली अन्त्य हुने समय नजिकिँदै गर्दा, कर सुधारको मुख्य छलफल यही विषयमा केन्द्रित भएको छ।
यस पटकको संशोधनमा सरकारले नयाँ घरभन्दा सस्तो पर्ने पुराना घर खरीदमा समर्थन बढाउने योजना अघि सारेको छ। विशेषगरी, वातावरणीय मापदण्ड पूरा गर्ने पुराना घरहरूको खरीदमा उपलब्ध हुने वित्तीय सुविधालाई विस्तार गर्ने प्रस्ताव ल्याइएको छ। हाल ३० मिलियन येन रहेको ऋण सीमा बढाउने विषयमा छलफल जारी छ।
त्यस्तै, कर छुट अवधि पनि पुनरावलोकन हुँदैछ। हाल नयाँ आवासका लागि अधिकतम १३ वर्ष र पुराना आवासका लागि अधिकतम १० वर्ष छुटसम्बन्धी अवधि लागू रहेको छ। सरकारले पुराना घरका लागि छुट अवधि नयाँ आवास सरह बनाउने तैयारी गरिरहेको छ।
जापानी समाजमा एकल बसोबास र सानो परिवारको दर बढ्दो अवस्थामा, सरकारले कर छुट पाउन आवश्यक घरको न्यूनतम क्षेत्रफल ५० वर्गमिटर रहेको प्रावधानलाई पनि घटाउने विषयमा विचार गरिरहेको छ। यस कदमले विशेषगरी राजधानी क्षेत्रजस्ता ठाउँमा बस्ने युवाहरूलाई लाभ हुने अनुमान छ।
यससँगै, कर सुधार छलफलमा व्यक्तिगत लगानी कर छुट योजनाको न्यूनतम उमेर घटाउने प्रस्ताव पनि समावेश गरिएको छ, जसले व्यक्तिलाई कम उमेरमै लगानी गर्न आकर्षित गर्ने लक्ष्य राखेको छ।
सरकार र सत्तारूढ गठबन्धनले यी सबै प्रस्तावहरूलाई समेटेर, आगामी वर्षका लागि तयार गरिने कर सुधार निर्देशिका मा समावेश गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




