टोकियो/जापान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल जापान आउने भएका छन्। अर्याल यहि डिसेम्बर ७ तारिख टोकियोमा आयोजना हुने प्रवास नेपाली सम्पर्क विभागको दोस्रो राष्ट्रिय अधिवेशन तथा विशेष भेलामा सहभागी हुन टोकियो आउन लागेको आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार अर्यालसँगै पार्टीका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभाग उप-प्रमुख अर्जुन अधिकारीको पनि जापान आगमन तय भएको छ। दुबै नेताहरूले अधिवेशनको उद्घाटन तथा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
डिसेम्बर ७ मा टोकियोको शिन्जुकुस्थित दाईवा बिल्डिङको शभाहल(Daiva Building (西新宿1-14-11, 6th Floor) मा अधिवेशन तय भएको छ। आयोजकले जापानभरका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेको छ।
आयोजक समितिका अनुसार डिसेम्बर ७ को कार्यक्रम प्रवासी नेपाली र रास्वपाबीच अन्तरक्रिया, सुझाव- साझेदारी र भविष्यको दिशा–निर्देशनका लागि महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।
प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिलेन्द्र जोशीले, सो अवसरमा जापानवासी नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




