टोकियो,जापान।
मूल्यवृद्धिको असर कम गर्न टोकियो महानगर सरकारले नयाँ राहत कार्यक्रम घोषणा गरेको छ। सरकारले “Tokyo App” (टोकियो अफिसियल एप) मा व्यक्तिगत प्रमाणीकरण (マイナンバー本人確認) सम्पन्न गरेका १५ वर्षमाथिका टोकियो निवासीलाई प्रति व्यक्ति ११ हजार येन बराबरको पोइन्ट उपलब्ध गराउने भएको छ।
यो कार्यक्रम औपचारिक रूपमा कहिले सुरु गर्ने भन्ने मिति भने अझै तोकिएको छैन। तर डिसेम्बर १५ देखि टोकियो एप भित्र परीक्षण सुरु हुने र त्यसपछि छिट्टै मिति निर्धारण गरिने जापानी संचार माध्यमहरुले जनाएका छन् ।
यसअघि टोकियो महानगरले यही एपलाई प्रशासनिक सेवा उपलब्ध गराउने ‘डिजिटल विन्डो’ बनाउने उद्देश्यसहित फेब्रुअरीमा सार्वजनिक गरेको थियो। त्यहाँ ७ हजार पोइन्ट दिने क्यान्पेनको घोषणा गरिएको थियो। हाल सरकारले मूल्यवृद्धिका कारण नागरिकलाई थप राहत दिँदै ४ हजार येन बराबरको पोइन्ट थप गरी कुल ११ हजार येन पोइन्ट वितरण गर्ने तयारी अघि बढाएको हो।
डिसेम्बरमा गरिएको अतिरिक्त बजेट प्रस्ताव अनुसार, सरकारको कुल बजेट १,७२६ अर्ब येन भएको छ, जसमा ४५० अर्ब येन “Tokyo App जीवन सहायता परियोजना” का लागि छुट्याइएको छ। गभर्नर कोइकेका अनुसार, वास्तविक ज्याला लगातार नकारात्मक भइरहेको अवस्थामा टोकियो एप प्रयोग गरी नागरिकको जीवनलाई थप सहयोग गर्ने लक्ष्य राखिएको छ।
टोकियो एपलाई टोकियोका प्रत्येक बासिन्दालाई प्रशासनसँग डिजिटल रूपमा जोड्ने ‘वन–स्टप’ प्लेटफर्मका रूपमा विकास गरिँदैछ। एपमा प्राप्त हुने टोकियो प्वाईन्ट लाई au PAY, dポイント, Rakuten Pay (楽天キャッシュ), Vポイント, तथा मेरुकारी पोइन्टमा सजिलै रूपान्तरण गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




