टोकियो,जापान। जापानमा गत वर्ष आत्महत्या गर्ने कुल व्यक्तिको संख्या घटे पनि बालबालिका तथा विद्यार्थीको संख्या भने अहिलेसम्मकै उच्च पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार गत एक वर्षमा आत्महत्या गरेका बालबालिका तथा विद्यार्थीको अस्थायी तथ्यांक ५३२ पुगेको छ, जुन सन १९८० यता राखिएको तथ्यांकमध्ये सबैभन्दा धेरै हो।
उमेर समूहअनुसार हेर्दा उच्च माध्यमिक तहका विद्यार्थी माध्यमिक तहका १७० र प्राथमिक तहका १० जना रहेका छन्। यस अवधिमा विशेषगरी महिला माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीमा आत्महत्याको संख्या बढी देखिएको मन्त्रालयले जनाएको छ। सन् २०२० मा तीव्र रूपमा बढेपछि यो प्रवृत्ति निरन्तर रहँदै आएको बताइएको छ।
१९ वर्षभन्दा कम उमेरका व्यक्तिमा आत्महत्याको कारण हेर्दा पढाइमा कमजोर नतिजा र भविष्यको करियरप्रतिको चिन्तासँग जोडिएको ‘विद्यालयसम्बन्धी समस्या’ सबैभन्दा प्रमुख कारण बनेको छ। त्यसपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या, जस्तै डिप्रेसन, अर्को मुख्य कारणका रूपमा देखिएको छ।
बालबालिका तथा विद्यार्थीको आत्महत्या बढ्दै गएपछि सरकारले कारणको गहिरो विश्लेषण गर्दै सामाजिक सञ्जालमार्फत परामर्श सेवा विस्तारलगायतका कदमहरूलाई थप बल दिएको जनाएको छ।
यसैबीच, सबै उमेर समूह समेट्दा गत वर्ष आत्महत्या गर्ने कुल संख्या १९ हजार ९७ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ हजार २ सय २३ ले कम हो। सन् १९७८ देखि तथ्यांक राख्न थालिएयता पहिलोपटक कुल संख्या २० हजारभन्दा तल झरेर अहिलेसम्मकै न्यूनतम भएको मन्त्रालयले जनाएको छ।
लिङ्गका आधारमा हेर्दा पुरुष १३ हजार १ सय १७ र महिला ५ हजार ९ सय ८० रहेका छन्। सबै उमेर समूहमा आत्महत्याको प्रमुख कारण स्वास्थ्यसम्बन्धी समस्या, त्यसपछि आर्थिक तथा जीवनयापनका समस्या र पारिवारिक समस्या रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




