टोकियो,जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै बागलुङ समाज जापानको आयोजनामा हुन लागेको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ को तयारी तीव्र पारिएको छ।
मेला, आगामी मार्च २१ र २२ तारिख टोकियोस्थित मिता लाइनको ओनारिमोन स्टेशन नजिकै रहेको शिबा पार्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
मेलामा भलिबल प्रतियोगिता, प्रत्यक्ष लोकदोहोरी, लठो तान्ने प्रतियोगिता, झाँकी प्रदर्शनी, ऐतिहासिक तथा धार्मिकता झल्को प्रस्तुतीसंगै विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, साथै नेपाली खानाका परिकार र बागलुङ जिल्लामा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री रहने बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयो।
मेलाअन्तर्गत सञ्चालन हुने चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता भने मार्च ४ तारिख साईतामास्थित तोदा स्पोर्ट्स सेन्टरमा आयोजना हुने खेलकुद संयोजक बसन्त थापाले बताउनुभयो। भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख येन, द्वितीय २ लाख येन र तृतीय १ लाख येन तोकिएको छ भने टिम दर्ता शुल्क ४० हजार येन निर्धारण गरिएको छ। साथै, विशेष आकर्षणका रूपमा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा प्रथम पुरस्कार ५० हजार येन र द्वितीय पुरस्कार ३० हजार येनरहेको छ। महिला तर्फ टिम दर्ता शुल्क निःशुल्क रहने जनाइएको छ।

यसैबीच, मेलाका अवसरमा स्टल बुकिङ पनि खुला गरिएको छ। मेलामा सहभागी भई नेपाली परिकार, हस्तकला तथा मौलिक सामग्री, साथै व्यापारिक तथा प्रचारात्मक सामग्री प्रदर्शन तथा बिक्री गर्न इच्छुकहरूले सम्पर्क गर्न स्टल व्यवस्थापन संयोजक तथा बागलुङ समाज जापानका उपाध्यक्ष राजु केसीले आग्रहगर्नुभएको छ।
कार्यक्रमबाट संकलित कुल रकममध्ये निश्चित प्रतिशत बागलुङ जिल्लाभित्रका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यकताका आधारमा सहयोग गर्ने मानवीय लक्ष्य लिइएको बागलुङ समाज जापानले जनाएको छ। यस सम्बन्धमा आर्थिक संयोजक तथा समाजका कोषाध्यक्षले, उक्त अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै अब नेपाली समुदायसँग हातेमालो गर्दै सहकार्यका लागि अघि बढ्न लागेको बताउँदै सबै संघ–संस्था, व्यवसायी तथा शुभेच्छुक महानुभावहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्न हार्दिक अनुरोध गर्नुभएको छ।
बागलुङ समाज जापानले धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमार्फत जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकोले जापानवासी नेपालीहरूलाई साथ सहयोग र उपस्थितिका लागि महासचिव सचिन आचार्यले आग्रह गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




