टोकियो,जापान। जापानको फुकुओकामा रहेको ओमुका ग्लोबल बिजनेस सेनमोन गाक्काउ (大村グローバルビジネス専門学校) मा पहिलो वर्ष अध्ययनरत २४ वर्षिय नेपाली विद्यार्थी सौरभ भट्टराई हाल गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत रहेका छन्। झापा स्थायी घर भएका भट्टराई केही समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।
उपचारमा संलग्न अस्पतालका चिकित्सकहरूका अनुसार उनको मानसिक अवस्थाको दीर्घकालीन उपचार जापानभन्दा नेपालमै पारिवारिक वातावरणमा गराउनु उपयुक्त हुने सुझाव दिइएको छ। चिकित्सकले नेपाल फर्काएर उपचार प्रक्रिया अघि बढाउँदा स्वास्थ्य लाभको सम्भावना बढी रहने उल्लेख गरेका छन्।
तर, हालसम्म अस्पतालमा भएको उपचार खर्च भुक्तानी नगरी बिरामीलाई डिस्चार्ज गर्न नसकिने अवस्था रहेको बताइएको छ। यसले गर्दा उनलाई नेपाल फर्काउने प्रक्रिया समेत प्रभावित भएको छ। आर्थिक अभावका कारण उपचार खर्च तिर्न कठिनाइ भएपछि सहयोगको लागि अपिल गरिएको हो।
सौरभ भट्टराईको उद्धार तथा उपचारमा सहयोग पुर्याउन इच्छुक व्यक्तिहरूले बिरामी स्वयम्को बैंक खातामा सिधै रकम ट्रान्सफर गरेर सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। एक नेपाली युवाको जीवन रक्षा तथा पुनःस्थापनाका लागि उदार मनका सहयोगी हातहरू अगाडि बढ्ने अपेक्षा गरिएको छ।
सौरभ भट्टराईलाई सहयोग गर्नका लागि जापान पोस्ट बैंकको खाता नम्बर
18150-42761011
バッタライ シャウラブ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




