टोकियो। मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन तथा उपयोगिता शुल्क बढ्न सक्ने चिन्ताबीच जापान सरकारले ग्यासोलिन र ऊर्जा शुल्क नियन्त्रणका लागि कदम चाल्ने तयारी गरेको छ। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार संसदको बजेट समितिमा सरकार यस विषयमा आवश्यक उपाय अघि बढाइरहेको बताएकी छन् ।
ताकाईचीले “ढिलो हुनु अघि नै आवश्यक कदम चालिन्छ” भन्दै गत हप्ताको सुरुवातदेखि नै सरकारले सम्भावित मूल्यवृद्धिबारे छलफल गरिरहेको जानकारी दिएकी हुन् । यी उपायहरू मुख्यतः अनुदान (सब्सिडी) को स्वरूपमा ल्याइने सम्भावना रहेको बताइएको छ।
प्रधानमन्त्री ताकाइचीले मूल्य नियन्त्रणका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने बताउँदै आर्थिक वर्ष सन २०२६ को बजेट मार्च महिनाभित्र पारित गर्न आग्रह समेत गरिन्। फेब्रुअरी ८ मा आकस्मिक आमनिर्वाचन घोषणा भएपछि संसदमा बजेट छलफल सामान्यभन्दा ढिलो भएको छ। उक्त निर्वाचनमा सत्तारुढ लिब्रल डेमोक्रेटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।
यसैबीच अर्थमन्त्री साचुकी खातायामाले चालु आर्थिक वर्षको बजेटमा रहेको करिब ८६० अर्ब येन बराबरको आकस्मिक कोष आगामी १ देखि २ महिनासम्मका लागि ऊर्जा मूल्य नियन्त्रणका उपाय लागू गर्न पर्याप्त हुने बताए।
मध्यपूर्वमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै जाँदा विश्वको महत्वपूर्ण तेल मार्ग मानिने होर्मुज प्रभावकारी रूपमा बन्द जस्तै भएको छ। यसले ऊर्जा आपूर्ति अवरुद्ध हुन सक्ने र त्यसका कारण जापानमा ऊर्जा शुल्क बढ्न सक्ने चिन्ता बढेको छ।
जापानले आयात गर्ने कच्चा तेलमध्ये ९० प्रतिशतभन्दा बढी र तरल प्राकृतिक ग्यास (LNG) मध्ये करिब ११ प्रतिशत मध्यपूर्व क्षेत्रबाट आउने भएकाले त्यहाँको अवस्थाले जापानी अर्थतन्त्रमा सीधा प्रभाव पार्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




