जापानमा‘मोबाइल हेर्दै’ साईकल चलाउनेलाई १२ हजार येन जरिवाना, छाता ओढेर वा इयरफोन लगाएर चलाउँदा समेत कारबाही
टोकियो/जापान। जापान सरकारले साइकल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यहि अप्रिलबाट नयाँ कडा नियम लागु गरेको छ। आजबाट साइकल चलाउँदा विभिन्न नियम उल्लङ्घन गरेमा प्रत्यक्ष जरिवाना तिर्नुपर्ने व्यवस्था लागु गरिएको बताईएको छ।
प्रहरी एजन्सीले सार्वजनिक गरेको नयाँ नियमअनुसार, साइकल चलाउँदा मोबाइल फोन चलाउने वा स्क्रिन हेर्ने जस्ता ‘ नागारा–स्मार्टफोन’ (ながらスマホ) कार्यमा सबैभन्दा कडा जरिवाना तोकिएको छ। यस्तो कार्यमा पक्राउ परे प्रतिव्यक्ति १२ हजार येन जरिवाना तिर्नुपर्नेछ।
यसैगरी, वर्षातमा छाता ओढेर साइकल चलाउने वा इयरफोन लगाएर बाहिरी आवाज नसुन्ने अवस्थामा चलाउनेहरूलाई ५ हजार येन जरिवाना तोकिएको छ। त्यस्तै, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने (सिग्नल नमान्ने) ले ६ हजार येन, सडकको विपरीत दिशामा चलाउने वा पैदलमार्ग प्रयोग गर्नेले ६ हजार येन, ‘स्टप’ संकेतमा नरोकिन्नेहरुलाई ५ हजार येन जरिवाना हुनेछ।
दुई जनासंगै लाई लागेर साइकल चलाउने वा एकै साइकिलमा दुई जना चढ्ने जस्ता कार्यमा भने ३ हजार येन जरिवाना हुनेछ।
प्रहरीले १६ वर्षभन्दा माथिका साइकल प्रयोगकर्तालाई लक्षित गरी ११३ प्रकारका उल्लङ्घन कार्यमा जरिवाना प्रणाली लागू गर्ने तयारी गरेको छ। यससँगै, अहिलेसम्म चेतावनी वा सचेतनामै सीमित कारबाहीलाई प्रभावकारी बनाउन “ब्लु चिट”मार्फत तुरुन्त जरिवाना असुलीको व्यवस्था सुरु हुनेछ।
यस कदमको उद्देश्य साइकिल दुर्घटनाको जोखिम घटाउने र नागरिकलाई नियमबारे सचेत बनाउने हो। यसकै लागि प्रहरीले विस्तृत ‘रुलबुक’ (ルールブック) समेत सार्वजनिक गरेको छ, जसमा साइकल प्रयोग गर्दा ध्यान दिनुपर्ने सबै नियमहरू उल्लेख गरिएको छ।
विशेषज्ञहरूले भनेका छन्, “नियम कडा बनाइए पनि, सबैभन्दा जरुरी कुरा प्रयोगकर्ताले आफैं सजग भएर चलाउनु हो। यसले मात्रै दुर्घटनालाई रोक्न सक्छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




