टोकियो। जापानलाई कर्मथलो बनाउँदै आएकी गायिका बाला दुराले लोकलयमा आधारित नयाँ दोहोरी गीत ‘लमजुङे स्वल्टिनी’ सार्वजनिक गरेकी छन्। उक्त म्युजिक भिडियो हालै उनले आफ्नै युट्युब च्यानलमार्फत दर्शक तथा स्रोतामाझ ल्याएकी हुन्।
गीतमा गायिका दुरालाई गायक मौसम गुरुङले स्वरमा साथ दिएका छन्। म्युजिक भिडियोमा गणेशमान घले, रजनी गुरुङ, मनोज गुरुङ र सिञ्जो दुराको अभिनय देख्न सकिन्छ।
वरिष्ठ सर्जक शिव हमालको शब्द र मौसम गुरुङकै संगीतमा तयार गरिएको ‘लमजुङे स्वल्टिनी’ मा तन्नेरी जोडीबीचको गहिरो माया र प्रेमलाई आकर्षक लोकलयमा प्रस्तुत गरिएको छ। सशक्त शब्द संयोजन, मिठासपूर्ण स्वर र सुमधुर संगीतले सजिएको यस गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाकी प्रवक्ता समेत रहेकी गायिका दुरा लाइभ दोहोरीमा पनि उत्तिकै सक्रिय र लोकप्रिय मानिन्छिन्। लमजुङको सांगीतिक माटोमा जन्मिएकी उनले आफ्नै लगानीमा तयार पारेको यस गीतलाई सुनेर, हेरेर तथा सब्स्क्राइब गरेर सहयोग गर्न सबै संगीतप्रेमी नेपालीहरूसँग आग्रह गरेकी छन्।
गायिका दुराले आफ्नो सांगीतिक यात्रा ‘सुन्दरबजार सत्रसय फाँट’ गीतबाट सुरु गरेकी थिइन्। त्यसयता तीज गीत, सालैजो तथा मौलिक एकल र दोहोरी गरी करिब एक दर्जन एल्बममा उनले आफ्नो स्वर दिइसकेकी छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




