टोकियो। गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज सांगीतिक उत्सव २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर १० तारिख दिउँसो ३ बजेदेखि टोकियोको नाकानो जेरो हलमा हुने आयोजकले जनाएको छ।
समाजका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत वर्षहरूदेखि निरन्तर आयोजना हुँदै आएको तीज कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। यस वर्षको कार्यक्रम “सांस्कृतिक एकता, शिक्षामा प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना गरिनेछ।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी तथा तीज गायिका शान्तिश्री परियार, देवी घर्ती मगर, रामजी खाँड, टिका सानु लगायतका राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै जापानमा रहेका स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ।
सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले “हाम्रो गाउँ, हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने उद्देश्यका साथ सामाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, पर्यटन तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।
कार्यक्रम संयोजक गोम बुढाथोकीका अनुसार उत्सवबाट बचत हुने रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ परिचालन गरिनेछ। विदेशमा रहेका नेपाली समुदायबीच एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै नयाँ पुस्तामा नेपाली मौलिक संस्कृति हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
गल्कोट समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा उपस्थित भई तीजको उल्लासपूर्ण वातावरणलाई साझा बनाउन हार्दिक निमन्त्रणा समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




