टोकियो। “विश्वका सबै बालवालिकाहरु एकत्रित होऔँ”(みんな集まれ 世界の子ども) भन्ने नाराका साथ, अल जापान सोसाईटी कन्ट्रिब्युसन संगठनद्वारा आयोजित “चाईल्ड आर्ट फेस्टिवल” शनिबार टोकियोको योचुया सानच्योमेमा सम्पन्न भएको छ ।

चित्रकलाको माध्यमबाट विश्वका बालबालिकाहरुलाई एकत्रित गरी,उनिहरुद्वारा कोरिएका चित्रहरु मार्फत एक अर्कालाई बुझी,साथी बनाई देश र धर्म संस्कृतीको घेरा भन्दा माथी उठेर अन्तर्राष्ट्रिय बुझाईको प्रवर्द्धन र विश्व शान्ति स्थापना गर्ने उदेश्यका साथ,सन २००८ देखि यो फेस्टिवल सुरु गरिएको हो । हरेक वर्ष जापान र कुनै अर्को एक मुलुकका बालबालिकाहरुलाई समेट्ने चित्रकलामा,प्रतियोगितात्मक भन्दा पनि सहभागी र सदभाव मुलक बनाउने प्रयत्न गरिन्छ ।

हाल सम्म,भियतनाम,कोरिया,भारत,नेपाल,थाईल्याण्ड,चीन तथा ईन्डोनेशिया लगायतका मुलुकका बालबालिकाहरु बीच चित्रकलाको आदनप्रदान गरिसकेको संस्थाको रिपोर्टमा देखिन्छ । यस पटक देशगत रुपमा ईन्डोनेशिया र जापानका बालबालिकाहरु समेटिएको भए पनि,आयोजनाको १० औँ वर्षगाँठको अवसर भएकाले जापानमा विशेष कार्यक्रम सहित “चाईल्ड फेस्टिवल”आयोजना गरिएको हो ।

टोकियोको योचुयामा आयोजित कार्यक्रमलाई ३ खण्डमा विभाजन गरीएको थियो,जसमा (डान्स एण्ड सिंग) नाचगान खण्डमा,नेपालीहरुद्वारा सञ्चालित एभरेस्ट स्कुलका बालबालिकाहरुले पनि नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए । मेलामा नेपाली समुदायको संयोजन सरद गौचनले गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




