म परिवारकी ठूली छोरी हुँ । सानोमा मलाई सबैले मुनु भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि मेरो घरको नाम मुनु नै हो ।
मेरो घर काठमाडौं बत्तीसपुलतीमा थियो । अहिले पनि माइती त्यहीँ छ । म सानो हुँदा घरअगाडि सानो माछा पोखरी थियो । म ममीहरुले नदेख्ने गरी त्यहाँ गइरहन्थेँ । पटक-पटक त्यहीँ गएर माछा हेर्ने र माछालाई जिस्क्याउने गर्थें । एकपटक पोखरीमै लडेछु । हस्पिटलै भर्ना गर्नु परेको थियो ।
सानैदेख मेरो वेष्टफ्रेण्ड नै मेरो बाबा हो । अहिले पनि म हरेक कुरा बाबालाई सोधेर मात्रै निर्णय गर्छु । ममीसँग त्यस्तो छलफल कहिल्यै गरिनँ ।
मैले सानो वेलामा त्यति ठूलो बद्मासी गरिनँ । स्कुल घरबाट नजिकै थियो । प्राय बाबासँगै स्कुल जानेआउने गर्थें । म क्लासमा जहिल्यै दोस्रो हुन्थेँ । साथीहरु सबैसँग राम्रो सम्बन्ध थियो । स्कुलमा पनि कसैसँग झगडा भएन ।
घरमा हुँदा फिल्म हेर्ने र गेम खेल्ने बानी थियो । हिरोइन बन्छु भनेर कहिल्यै सोचिनँ । तर, फिल्म हेर्दा हरेक क्यारेक्टरबाट म प्रभावित हुन्थें । स्कुल पढुन्जेल मेरो मनपर्ने सेलीब्रेटी पनि कोही थिएन । फिल्म घरमै हेर्थे । फिल्म हेर्नकै लागि स्कुल छाडेर गएको घटना भने छैन ।
घरमा दिदीबहिनीको कहिल्यै झगडा भएन । बहिनीले विवाह गरेर गएपछि फोन गरेर भन्दै थिई, ‘हाम्रो किन होला कहिल्यै झगडा नभएको ?’
बाबा, ममी, अंकल प्रायः सबै जागीरे हुनुहुन्थ्यो । हाम्रो संयुक्त परिवार थियो । खाना बनाउने वा अरु काम गर्दा सबै जना जम्मा भएर आ-आफ्नो काम गर्नु हुन्थ्यो । मैले पनि ग्रुपमा मिसिएर केही काम सघाँए होला तर, कामै गरेको याद छैन ।
लाउने मामलामा म सौखिन थिएँ । बाबाले मलाई मन परेको कुरा किनिदिनु हुन्थ्यो । त्यसकारण कहिल्यै यो चाहियो भनेर पिर्नु परेन ।
सानोमा म धेरै बिरामी हुन्थेँ । मेरो एउटा खुट्टा दुई इन्च लामो थियो । म खोच्याएर हिँड्थेँ । बाबाले डाक्टरलाई देखाउनु भयो । डाक्टरले भारत लगेर काटेर छोट्याउन पर्छ भने । मैले चिनेको एकजना अन्टीको पनि खुट्टा लामो छोटो भएकै कारण भारत लगेर काटेर ल्याइएको थियो । उहाँ पछिसम्म पनि खोच्याएरै हिँड्नुहुन्थ्यो ।
म नौ वर्षको हुँदा बाबाले डा. अशोक बास्कोटालाई भेटेर प्लाष्टर गर्न आग्रह गर्नु भयो । डक्टरले मानेका थिएनन् तर, बाबाकै करले दुबै खुट्टाको प्लाष्टर गरियो । नौ महिनासम्म प्लाष्टर गरेपछि ठिक भयो । काटेर छोट्याउनु परेन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




