धादिङ । धादिङको धुनिबेशी ६ धार्केबाट ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौँको नागढुङ्गा नाका हुँदै छुट्टाछुट्टै सवारी साधनमा धार्के आएका ८ महिला र १ पुरुषलाई बुधबार बेलुका नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालयका प्रमुख जिवन निरौलाले जानकारी दिए ।
नागढुङ्गामा माईती नेपालले चेकजाँच गर्ने भएकाले धार्के सम्म छुट्टाछुट्टै सवारी साधनमा आएर भारत तर्फ जानका लागि तयारी गर्दा गर्दै स्थानियको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
निरौलाका अनुसार पक्राउ पर्नेमा दाङ घोराहीका ३५ वर्षिय प्रसाद विश्वकर्मा सहित ८ जना महिला रहेका छन् । पक्राउ पर्नेमा २२ वर्ष देखी ३८ वर्ष सम्मका महिला रहेका छन् । ति महिलाहरु नुवाकोट, मकवानपुर, ईलाम, तेह्रथुम, काभ्रे, सँखुवासभा, सिन्धुली र रौतहटको रहेको प्रहरीले जनाएको छ ।
आवश्यक अनुसन्धानका लागि खानिखोला प्रहरीले पक्राउ परेका सबै आठ जना महिलालाई नै माईती नेपाल नागढुङ्गामा पठाएको थियो । ५ जना महिला पहिलोपटक विदेश जान लागेको भएपनि ३ जना महिला यस अघि पनि विदेश ओहोदोहोर गरिरहेको र पक्राउ परेका पुरुषलाई कुनै पनि महिलाले नचिनेको भन्नुले घटना सँकास्पद रहेको भन्दै माईती नेपाल नागढुङ्गाले पनि थप अनुसन्धान गर्नुपर्ने भएकाले आफ्नो केन्द्रिय कार्यालय गौशालामा पठाईएको माईती नेपाल नागढुङ्गाका सुपरभाईजर पदम बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




