काठमाडौं, पुस २८ –जन्मजातै दृष्टिविहीन गोरखाका छवि आलेले कार्यक्रम सञ्चालकको रुपमा रेडियोमा २ वर्ष काम गरे ।
२०७१ सालदेखि उनले रेडियो मनास्लुमा ब्रेक फेल नामक हाँस्यव्यङग्य कार्यक्रम सञ्चालन गरे । २०७२ सालको अन्तिमतिर भने उनले रेडियो छोडे ।
छविले कार्यक्रम चलाउन कुनै पनि तालिम लिएका थिएनन् । उनी आफ्नै जीवन भोगाईका आधारमा रेडियोमा बोल्न सकेको बताउँछन् । अहिले पत्रकारिता अध्ययन गरिरहेका उनले रडियोमा बोल्न थालेपछि भने तालिम लिए । रेडियो सुन्दा सुन्दै बोल्ने शैलीमा विकास भएको उनी बताउँछन् ।
उनमा रेडियोमा बोल्नै मात्रै हैन देशका विभिन्न हस्तीहरुको हुबहु नक्कल गरेर बोल्ने कला पनि छ । उनी केही नेता र कलाकारहरुको दुरुस्तै क्यारिकेचर गर्छन् । जसमा नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता केपी शर्मा वली, कांग्रेस नेता शेरबहादुर देउवा, कलाकार सीतारम कट्टेल धुर्मुस, कुमार कट्टेल उर्फ जिग्री, अर्जुन घिमिरे उर्फ पाँडे, अभिनेता राजेश हमाल, विराज भट्ट, भुवन केसी, पूर्व राजा ज्ञानेन्द्र, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको क्यारीकेचर गर्छन् ।
उनी आफ्नो जीवनको लक्ष्य भनेकै रेडियोमार्फत सबै श्रोता हँसाउने हो भन्छन् । उनी सुनेकै भरमा अरुको नक्कल गर्छन् । सानैदेखि क्यारिकेचर गर्ने उनलाई कक्षा २ मा पढ्दादेखि नै शिक्षकहरुले समेत क्यारिकेचर गर्न लगाउँथे । त्यसबखत उनी नेता र अभिनेताको नक्कल गर्न सक्ने भइसकेका थिएनन् ।
तर पछिका दिनहरुमा उनले रेडियो र टेलिभिजन सुन्नथाले र यसबाट चर्चित व्यक्तिहरुको क्यारिकेचर गर्न थाले । क्यारिकेचरको बारेमाउनी भन्छन्, ‘यो त भगवानको उपहार जस्तो हुँदो रहेछ । मैले जति पनि क्यारिकेचर गर्छु त्यो सबै आफै आउने हो ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




