प्रेम र जीवन

(१२०७-१२७३) संभवतया सबैभन्दा महान रहस्यमयी ईस्लाम कवि हुन जसको मृत्यूमा मुसलमान, ख्रिश्चियन, ज्यू, अरबियन, फारसी, तुर्की, रोमन र भारतीयहरू रोएका थिए ।

जसले गलज, सुफी र रहस्यमयी दार्शनिक कविताका माध्यमबाट आज ८०० वर्षपछि पनि वुद्ध, जिजस, मोहमदले जस्तै दिनै आफ्नो साम्राज्य फैलाई रहेछ । आज भारतका कट्टर हिन्दुहरू, अमेरिकाका कट्टर ईशाईहरूको अखण्ड हृदयहरूमा दिनदिनै रुमीले विजय झण्डा गाड्दै गईरहेछन् र अहिले पनि अमेरिकामा Best seller कवि भएर राज गरिरहेछन् रुमी । देउता त मानव दिमागको कारखानाबाट उत्पादन गरेर रहस्य बनाई गल्ली र चोकतिर मानिसले नै राखेको हो तर ‘प्रेम’ र ‘जीवन’ वास्तवमै गंभीर रहस्य हुन् । तिनै अर्ग्यानिक रहस्यहरूमा रूमीमा कविता, गजल र सुफी भएर थपिएछन् । उनका केही कविताअंशहरू –

१।
प्रेमलाई निको पार्न प्रेम नै चाहिन्छ
प्रेम, हर कठिनाईको ओखती हो
प्रेम, हर अपमान खप्ने सहास हो
प्रेम, देउताझैँ झिलिक्क मात्र हुन्छ, तर
विशाल आकासले युगयुगदेखि
गाउँदै आएको महान गीत नै प्रेम हो ।

२।
मेरी आमा प्रेमले बनेकी हुन्
मेरो पिता प्रेमले बनेका हुन्
मेरो सुत्रधार प्रेमले बनेको हो
मेरो भगवान प्रेमले बनेको हो
म प्रेमकै बचेरा हुँ
म पनि प्रेमकै कुरा गर्न आएको हुँ ।

३।
तिम्रै उज्यालोमा मैले प्रेम सिकेँ
तिम्रै सुन्दरतामा मैले कविता सिकेँ
तिमी मेरो छातीभित्र, म बाहेक
कसैले नदेख्नेगरि नाच्दछ्यौ
जुन दृश्यबाट मैले महान कला सिकेँ ।

४।
शान्ती त दैवको भाषा हो
नजान्नेले अनुवाद गर्दा
यो हल्ला भएर फैलिएको छ ।

५।
म तिमी नै तिमीले भरिएकोछु, मेरो
हड्डी, रगत, छाला, गिदी र आत्मा
जताततै तिम्रो माया भरिएकोछ
मेरो सिंगै अस्तित्वमा, अब तिमीप्रति
शंका पस्ने कुनै खाली ठाउँ रहेन

६।
हिजो म चलाख थिएँ, र
सन्सार बदल्न खोजेँ, आज
म वुद्धिमान भएकोछु, र
आफैलाई बदल्न थालेकोछु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार