बिवाहपछि एउटा युवती र युवा आपसमा पती-पत्नी हुन्छन् । उनीहरुले आ-आफ्ना रहर, इच्छा, आकंक्षा, वाध्यता, समस्या सबैलाई साझेदार गर्नुपर्छ । दुबैले आपसी जिम्मेवारी र दायित्व सराबरी लिनुपर्छ ।
भनिन्छ, बिवाह आफैमा सम्झौता पनि हो । दुबैले आ-आफ्नो निजी स्वार्थ त्याग गर्न सक्नुपर्छ । र, त्यसबाट सामूहिक खुसी खोज्नुपर्छ । यस्तो खुसी, जसले पति-पत्नी दुबैलाई खुसी तुल्याउँछ ।
बिवाहपछि दम्पतीबीच सामान्य कुरामा मन मिल्दैन । कतिपय चाहाना र इच्छाहरु बाझिन्छन् । यी स्वभाविक र सामान्य हुन् । सामान्य मान्नुपर्छ पनि । यस्तै ठाकठुक, बैचारिक मतभेद आदिबाट माझिदै दाम्पत्य जीवन अगाडि बढ्छ ।
तर, बिवाह लगत्तै कतिपय कुरामा भने समझदार हुनैपर्छ । पति वा पत्नीले आफ्नो दम्भ होस् वा आकंक्षा त्याग्नुपर्छ । त्यस्तै कतिपय आनीबानी पनि त्याग्नुपर्छ, जसले दाम्पत्य जीवनमा खटपट ल्याउँछ । के हुन् त ति आनीबानी ?
१. विवाहको खर्च
परम्परागत तवरबाट हुने कुनै पनि बिहेमा धेरथोर खर्च भइहाल्छ । तर, विवाहमा भएको खर्चलाई लिएर दैनिक श्रीमान-श्रीमतीबीच छलफल र बहस हुनु राम्रो होइन । यसले सम्वन्धलाई राम्रो गर्दैन । बरु, यसबेला बढेको आर्थिक व्ययभारलाई परिपूर्ति गर्नका लागि दुबैको सहयोगी सहकार्य आवश्यक हुन्छ । बिवाहको बेला धेरै खर्च भएको हुन्छ, त्यसैले बिवाहपछि अनावश्यक सपिङ गर्ने, घुमफिर गर्ने जस्ता खर्च बढाउने काममा नियन्त्रण गर्नुपर्छ ।
२.नातेदारमाथि मजाकः
न श्रीमानले न श्रीमतीले एक-अर्कापट्टकिा नातेदारमाथि मजाक र व्यंग्य गर्नु शोभनीय हुन्छ । ठट्टाको रुपमा पनि यस्तो कुराहरु पाच्य हुँदैनन् । कतिले एकअर्काको आफन्त, इष्टमित्रको कुरा काट्छन् । यस्तो प्रवृत्तिले दुबैको सम्बन्धलाई धरापमा पार्छ ।
३. पूर्वप्रेमीसँग तुलनाः
यस्तो त कदापी गर्नु हुँदैन । आफ्नो श्रीमान वा श्रीमतीलाई पूर्व प्रेमी-प्रेमिकासँग तुलना गर्न थालियो भने वैवाहिक जीवनमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
४. साथीहरुको आलोचनाः
श्रीमान र श्रीमती दुवैले एक-अर्काका साथीहरुको बारेमा अनावश्यक नकारात्मक टिप्पणी गर्नु हुँदैन ।
५. काम तोक्नेः
कहिलेकाहीँ श्रीमान वा श्रीमतीले कुनै पनि कामलाई तेरो वा मेरो भन्दै पन्छाउने गरेको पाइन्छ । तर वैवाहिक जीवनमा प्रवेश गरिसकेपछि कुनै पनि काममा एक-अर्काको सहयोगी बन्न सक्नुपर्छ । अन्यथा असन्तुष्टीले डेरा जमाउन सक्छ ।
६. अनावश्यक अपेक्षा
कतिपयले पति वा पत्नीबाट बढी नै अपेक्षा गरेका हुन्छन् । हरेक कुरा आफुले सोचेजस्तै ठिकठाक हुँदैन । त्यस्तो अवस्थामा कसैमाथि गुनासो गर्नु सहि हुँदैन । यस्ता कुराहरु विस्तारै आफै परिस्कृत हुँदै र माझिदै जाने कुरा हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




