एक समयकी चर्चित नायिका निरुता सिंह करिब एक दशकदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढा छिन् । उनले चलचित्र अभिनय मात्र होइन, नेपाल नै छाडेर भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् ।

उनै निरुता अहिले नेपाली चलचित्रसम्बन्धी एउटा अवार्ड कार्यक्रममा भाग लिन दुबई पुगेकी छन् । लामो समय चलचित्र अभिनयमा नदेखिएकी निरुतामा सुन्दरता अझै उस्तै देखिन्छ । सञ्चारकर्मी नरेश भट्टराई र निरुतासँग खिचेको तस्बिर हास्य कलाकार जितु नेपालले फेसबुकमा सार्वजनिक गरेका छन् ।

‘नरेशजीले भन्नुभयो, निरूताजी अझै पनि कति राम्री, मैले भनें, नरेशजी, निरूताजी कहिले नराम्री हुनुहुन्थ्यो र ! राम्रा मान्छे सधैं राम्रै हुन्छन् । लामो समयपछिको भेटघाट एक जमानाकी चर्चित नायीका निरूता सिंहज्यूसँग आबुदाबीमा । दर्पणछायाँ, लहना, दुई किनारलगायत धेरै चलचित्रमा संगै अभीनय गरीयको सम्बन्धलाई यो भेटले रिन्यु गर्ने काम गरेको छ,’ कलाकार जितुले लेखेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार