गएको आइतवार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा प्रेमिका प्रतिमा बिमलीसँग लगानगाँठो कसेका नायक राजवल्लभ कोइरालाको रिसेप्सन पार्टीमा नेपाली फिल्मका सुन्दरीहरु सहभागी भएका छन् ।
अमेरिकामा नै आयोजना गरिएको राजवल्लभ र प्रतिमाको पार्टीमा नायिका त्रय अरुणीमा लम्साल, ऋचा घिमिरे, नन्दिता केसी र नायक त्रय मुकेश ढकाल, मुकेश आचार्य, विमलेश अधिकारी तथा निर्देशक प्रशन्न पौडेल लगायतका निम्तालुको उपस्थिती थियो ।
टिकाटालो भएको करीब ३ महिनापछि नायक राजवल्लभले आइतवार सधैका लागि प्रतिमालाई आफ्नो बनाएका हुन् । नायक कोइराला र प्रतिमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खबर छ । नेपाली फिल्मबाट पलायन भएको भनेर आरोप खेपिरहेका राजवल्लभलाई ’छ एकान छ’पछि दर्शकहरुले उनका फिल्म हेर्न पाएका छैनन् ।
’पर्खी बसें’ फिल्मबाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजवल्लभले दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको हलीउड फिल्म ‘हाइवे टू धम्पुस’ २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




